PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५ सुरु



पहिलोपोस्ट

ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५ सुरु

काठमाडौं : नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानको आयोजनामा  नाट्य उत्सव सुरु भएको छ। बत्तिस पुतली स्थित शिल्पी थिएटरमा शुक्रबारबाट ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५ सुरु भएको हो।

उत्सवमा नेपाल र भारतका ६ ओटा नाटक मञ्चन हुनेछन्। 

संस्कृति मन्त्री रबिन्द्र अधिकारीले उत्सवको उद्घाटन गरेका थिए। मन्त्री अधिकारीले आफु नाटक प्रेमी भएको र नेपालमा नाटकसम्बन्धि कामहरु अझै निकै कम भएको बताए। प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नाटक मार्फत नेपाल र भारतको अन्तर सीमा संस्कृति विस्तारका लागि उत्सव आयोजना गरिएको बताए।

पहिलो दिन नाटक ‘भृ’ र 'धूर्तसमागम' मञ्चन गरियो। शनिबार दिउँसो राम केएसी निर्देशित अश्वेत मञ्चन भयो। शनिबार अपरान्ह उत्सवमा श्यामकुमार सहनी निर्देशित भारतीय नाटक 'संवदिया' मञ्चन भयो।

यस्तै आईतबार पत्रकार फुलमान बलको नाटक 'सोनाम ग्याल्मो' र जैनेन्द्र दोस्त निर्देशित भारतीय नाटक 'भिखारीनामा' मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell