PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

रेल कसले बनाउँछ ? प्रधानमन्त्रीको जवाफ, ‘जोसँग पैसा छ उसैले बनाउँछ’



पहिलोपोस्ट

रेल कसले बनाउँछ ? प्रधानमन्त्रीको जवाफ, ‘जोसँग पैसा छ उसैले बनाउँछ’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको बताएका छन्। चीन जानुभन्दा अघि आफूले गरेको प्रतिवद्धताभन्दा बढी उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ। 

चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा अन्तराृष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिङपिङ उपयुक्त समयमा नेपाल आउने बताए। 

प्रधानमन्त्री ओलीले नेपालसम्म रेल पुर्‍याउन चीन तयार रहेको बताउँदै फिजिविलिटी अध्ययनपछि लगानीको विषय टुङ्गो लाग्ने बताए। लगानी कसले गर्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ‘जोसँग पैसा छ उसैले बनाउँछ।’

तयारी नपुगेका कारण पारवहन सम्झौतामा हस्ताक्षर हुन नसकेको उनले बताए। प्रधानमन्त्री ओलीका अनुसार जुलाईभित्र द्वीपक्षीय छलफलबाट पारवहन सम्झौताको प्रोटोकल टुङ्गो लाग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell