PahiloPost

May 15, 2026 | १ जेठ २०८३

चार शहरमा अनमोलको लाइभ प्रस्तुती



पहिलोपोस्ट

चार शहरमा अनमोलको लाइभ प्रस्तुती

काठमाडौं : युवास्टार अनमोल केसीले देशका चार प्रमूख शहरहरुमा लाइभ प्रस्तुती दिने भएका छन्। शनिवार आयोजक मोनिका इन्टरनेशनल ग्रूपले काठमाडौंमा कार्यक्रम गर्दै  'अनमोल साँझ २०१८'बारे जानकारी दिएको हो।

भाद्र ९ गतेबाट शुरु हुने कार्यक्रमले नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने आयोजक टिमले जनाएको छ। कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुती दिनेछन्। कार्यक्रमको लागि आफुले पारिश्रमिक नलिएको अनमोलले बताए।

अनमोलले पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। अनमोल साँझ भाद्र ९ गते बुटवल, भाद्र १६ गते पोखरा, भाद्र २३ गते चितवन र विर्तामोडमा भाद्र २७ हुने आयोजक टिमका कमल जिसीले जनाए। ‍

यस कार्यक्रमका लागि अभिनेत्री प्रियंका कार्कीले अनमोलसँग स्टेज शेयर गर्ने तय भएको छ‍।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell