PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ज्याकलिन फर्नान्डेजको अब हलिउड डेब्यु, अगस्टमा आउँदैछ फिल्म



पहिलोपोस्ट

ज्याकलिन फर्नान्डेजको अब हलिउड डेब्यु, अगस्टमा आउँदैछ फिल्म

बलिउडमा स्थापित भइसकेपछि हिरोइन ज्याकलिन फर्नान्डेजले हलिउड डेब्यु गर्दैछिन्। फिल्म डेफिनेसन अफ फियरबाट फर्नान्डेजको हलिउड यात्रा सुरु हुन लागेको हो। 

बलिउडमा राम्रा फिल्महरु उनको खातमा छन्। अब पहिलो अंग्रेजी भाषाको फिल्ममा उनी देखिने छिन्। ‘डेफिनेसन अफ फियरबाट म गौरवान्वित छु र यसको रिलिजको तीब्र प्रतीक्षामा पनि,’ उनले भनिन्। 

मनोविज्ञानमा आधारित हरर जेनराको फिल्म हो डेफिनेसन अफ फियर। ‘होसियार! यो साइकोलोजिकल हररले तपाईँको निद्रा खल्बल्याउने छ,’ निर्देशक जेम्स सिम्सनले भनेका छन्,  ‘यसमा ज्याकलिन अद्भुपत छिन् र म हाम्रो सिर्जना सेयर गर्नका लागि आतुर छु।’

फिल्ममा चार युवती र एक आत्मा मुख्य भूमिकामा छन्। क्यानडामा सुट गरिएको फिल्म अगस्टमा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell