PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सट्टेबाजीका 'डन' नागराज प्रहरी फन्दामा



पहिलोपोस्ट

सट्टेबाजीका 'डन' नागराज प्रहरी फन्दामा

काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका नेपालमा हुने सट्टेबाजीका मुख्य नाइके अमृत भन्ने नथमल अग्रवाल 'नागराज' पक्राउ परेका छन्। 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले धनुषा जनकपुर नगरपालिका घर भइ काठमाडौंको पानी पोखरीमा बस्ने  अग्रवाललाई पक्राउ गरेको हो। अग्रवालले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ‘३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ’ भन्दै ठगी गरेको प्रहरीको दावी छ। 

नागराजले दुई करोड चालिस लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी महाशाखामा परेको एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।

यसै काण्डमा फुटबल खेलाडी अञ्जान केसी लगायतसमेत पक्राउ परेका थिए। 

गत जेठ १५ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइपीएल लगायत विभिन्न खेलहरुमा सट्टाबाजी खेलाएको आरोपमा ६ जना पक्राउ गरेको थियो। केसीसँगै गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ पनि समातिएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell