PahiloPost

May 15, 2026 | १ जेठ २०८३

चन्द्रश्यामको एकल मुर्तिकला प्रदर्शनी



पहिलोपोस्ट

चन्द्रश्यामको एकल मुर्तिकला प्रदर्शनी

नयाँ पुस्ताका मुर्तिकार चन्द्रश्याम महर्जनको पहिलो एकल पारम्परिक मुर्तिकला प्रदर्शनी नेपालआर्ट काउन्सिल ग्यालरी बबरमहलमा जारी छ। चन्द्रश्यामको अढाई दशक लामो मुर्तिकला जीवनका केही विशिष्ट मुर्तिहरू प्रदर्शनीमा राखिएका छन्। पाँचवर्ष देखि आफ्नो कलाकारिता प्रदर्शनीगर्ने धोको यसपटक साथीहरूको साथ, सहयोग र उक्साहटमा पूरा भएको चन्द्रले जानकारी दिए। 

इनहेरिटेन्स– द ट्रेडिसनल स्टोन स्कप्चर्स शीर्षक दिइएको प्रदर्शनीको उद्घाटन चीन सांस्कृतिक केन्द्रका निर्देशक यिन कुनसोङले गरेका थिए। असार ५ गतेबाट शुरू प्रदर्शनी असार १४ सम्म चल्ने छ।

भीमकाय सुकुन्दा, बौद्धनाथ परिसर, मञ्जुश्री, कुबेर, छोर्तेन गुम्बा, श्वेत ढुंगामा कुँदिएको लोकेश्वर, विभिन्न कालमा निर्माण भएका स्तुपाहरूको प्रतिमुर्ति, गरूडमाथि विराजमान नारायणको मुर्तिहरूले चन्द्रको मुर्तिकारिता प्रतिको लगन स्पष्ट झल्किन्छ। ‘नयाँ पुस्ताले नासिएका, हराएका मुर्तिहरूको प्रतिमुर्ति मेरो कलाकारितामार्फत् देख्न पाउनेछन्,’ प्रदर्शनीबारे उनले जानकारी दिए, ‘यस्तो प्रयासले हाम्रो पारम्परिक कलाको संरक्षणमा मद्दत पुग्ने विश्वास छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell