PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

सट्टेबाज 'डन' नागराजको दाउद इब्राहिमसँग कनेक्सन : सम्बन्ध खोज्दै प्रहरी



पहिलोपोस्ट

सट्टेबाज 'डन' नागराजको दाउद इब्राहिमसँग कनेक्सन : सम्बन्ध खोज्दै प्रहरी

काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका नेपालमा हुने सट्टेबाजीका मुख्य नाइके अमृत भन्ने नथमल अग्रवाल 'नागराज' पक्राउ परेका छन्। नागराजको अन्तर्राष्ट्रिय कुख्यात डन दाउद इब्राहिमसँग सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

'यो विषयमा हामीले अनुसन्धान गरिरहेका छौं। दाउदसँग कनेक्सन हुनसक्ने सम्भावना छ,' महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने।

सिंहका अनुसार नेपालमा सट्टेबाज भित्र्याउने नागराज नै हुन्। 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले धनुषा जनकपुर नगरपालिका घर भइ काठमाडौंको पानी पोखरीमा बस्ने  अग्रवाललाई पक्राउ गरेको हो। अग्रवालले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ‘३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ’ भन्दै ठगी गरेको प्रहरीको दावी छ। 

नागराजले दुई करोड चालिस लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी महाशाखामा परेको छ।

यसै काण्डमा फुटबल खेलाडी अञ्जान केसी लगायतसमेत पक्राउ परेका थिए। 

गत जेठ १५ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइपीएल लगायत विभिन्न खेलहरुमा सट्टाबाजी खेलाएको आरोपमा ६ जना पक्राउ गरेको थियो। केसीसँगै गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ पनि समातिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell