PahiloPost

May 15, 2026 | १ जेठ २०८३

एसियन गेम्सका लागि २० सदस्यीय फुटबल टोली घोषणा : किरण, रोहित र भरत टिममा



पहिलोपोस्ट

एसियन गेम्सका लागि २० सदस्यीय फुटबल टोली घोषणा : किरण, रोहित र भरत टिममा

आगामी सेप्टेमवरमा इन्डोनेसियामा हुने १८औँ एसियन गेम्सका लागि फुटबलतर्फ नेपालको २० सदस्यीय टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक योतुकु कोजीले प्रारम्भिक चरणमा छनोछ गर्दै बन्दप्रशिक्षणमा राखेका ४५ खेलाडीबाट आइतवार अन्तिम टोली चयन गरेका हुन्।

एसियन गेम्समा २३ वर्षमुनीका खेलाडीहरुले ३ जना सिनियर खेलाडी पनि खेल्न पाउनेछन्। त्यसका लागि किरण कुमार लिम्बु, रोहित चन्द र भरत खवासलाई टिममा राखिएको छ। यी तीनसँगै राष्ट्रिय टिमबाट खेलिसकेका विमत घर्ती मगर, अन्जन विष्ट, सुमन लामा, सुनिल बल, अनन्त तामाङ, हेमन गुरुङ, हेमन थापा मगर, आदित्य चौधरी लगायत खेलाडी टिममा छन्।

 

२० सदस्यीय टोली

गोकिपर : किरण कुमार लिम्बु, एलान न्यौपाने, सोजित गुरुङ

डिफेण्डर : अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ

मिडफिल्डर : रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिषेक रिजाल, तेज तामाङ

फरवार्ड : सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर

मुख्य प्रशिक्षक : योतुकु कोजी
प्रशिक्षक : बालगोपाल महर्जन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell