PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

पहिरोले नारायणगढ मुग्लिङ सडक अवरुद्ध



पहिलोपोस्ट

पहिरोले नारायणगढ मुग्लिङ सडक अवरुद्ध
फाइल फोटो

चितवनः नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ। चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ। जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो।

सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्ड कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell