PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विश्वकपमा आज ४ खेल: रसिया र उरुग्वे समूह विजेताको होडमा, इरान अन्तिम १६ मा पुग्ला?



पहिलोपोस्ट

विश्वकपमा आज ४ खेल: रसिया र उरुग्वे समूह विजेताको होडमा, इरान अन्तिम १६ मा पुग्ला?

रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आजदेखि समूह चरणका अन्तिम खेल हुँदैछन्। अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २-२ खेल खेलिसकेका छन् भने कूल ६४ मध्ये ३२ खेल समाप्त भइसकेका छन्।

आजदेखि भने समूह चरणका ४ खेल हुनेछन्। यस्तै खेल समय पनि केही परिवर्तन छ। पहिलो दुई खेल नेपाली समयअनुसार राती ७:४५ बजे हुनेछ भने बाँकी दुई खेल राति ११: ४५ बजे हुनेछ।


समूह ए मा रहेका आयोजक रसिया र उरुग्वे तथा इजिप्ट र सादी अरेबियाबीचको खेल ७:४५ बजे हुनेछ। यसअघिका दुबै खेल जितेका रसिया र उरुग्वे समूह विजेता बन्ने होडमा छन्। यस्तै सुरुको दुई खेल हारेको इजिप्ट र साउदी अरेबिया जित हात पार्दै प्रतियोगितामा सुखद अत्यन्त गर्ने दाउमा हुनेछन्।

उता अर्को एसियन टोली इरानको हकमा दोस्रो चरण पुग्ने सम्भावना कायमै छ। तर दुई युरोपियन पावरहाउस स्पेन र पोर्चुगल जस्ता टोली रहेको समूह बी मा इरानले अन्तिम खेल पोर्चुगलसँग खेल्दैछ र यसमा आफू अनुकूल नतिजा निकाले इरानको सपना पूरा हुनेछ।

राति ११:४५ बजे पोर्चुगल र इरान तथा स्पेन र मोरोक्कोबीच खेल हुनेछ। सुरुको दुई खेल हार्दै मोरोक्को बाहिरिइसकेको छ भने बाँकी ३ टिम अन्तिम १६ पुग्ने होडमा छन्। दुई खेलपछि समान ४ अंक जोडेका स्पेन र पोर्चुगल क्रमशः: समूहको पहिलो र दोस्रो स्थानमा छन्। यस्तै एक जित र एक हारको नतिजा निकालेको इरान ३ अंकका सात तेस्रो स्थानमा छ।

अन्तिम १६ पुग्न इरानले अन्तिम खेल जित्नै पर्ने हुन्छ। बराबरी वा हारको नतिजाले भने इरान बाहिरिनेछ। यदि इरानले पोर्चुगललाई हराउन सकेमा अर्को खेलको नतिजा जस्तो आए पनि इरान अगाडि बढ्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell