PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'सुर्य इन्टरनेशनल अवार्ड २०१८' को उत्कृष्ट पाँच, सूची सहित



पहिलोपोस्ट

'सुर्य इन्टरनेशनल अवार्ड २०१८' को उत्कृष्ट पाँच, सूची सहित

काठमाडौं : जापानको टोकियो शहरमा हुने 'सुर्य इन्टरनेशनल अवार्ड २०१८' को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ। फिल्म र संगीत विधाका ६/६ विधामा मनोनयन सार्वजनिक भएको हो।

आगामी भाद्र ३१ गते आयोजना हुने अवार्डमा फिल्म र संगीत तर्फबाट १२ विधा रहनेछ। फिल्मतर्फ उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरि ६ विधा राखिएका छन्। संगीततर्फ लोक, पप र आधुनिक गायक गायिकाका ६ विधा राखिएका छन्।

अवार्डमा ४ दर्जन बढी कलाकर्मी र केहि पत्रकारलाई उपस्थित गराइने अवार्डका अध्यक्ष बासुदेव लामिछानेले बताए। मनोनयनमा अटाएका कलाकर्मीलाई जिताउन संसारभरबाट भोटिङ गर्ने मिल्ने व्यवस्था मिलाइएको छ।

मनोनितहरुको सूची

फिल्मतर्फ

१) उत्कृष्ट फिल्म
छक्का पञ्जा २
ए मेरो हजुर २
शत्रुगते
म यस्तो गीत गाँउछु
कृ

२) उत्कृष्ट निर्देशक
दीपाश्री निरौला (छक्का पन्जा २)
झरना थापा (ए मेरो हजुर २)
प्रदिप भट्टराई (शत्रुगते)
सुर्दशन थापा (म एस्तो गीत गाउँछु)
मिलन चाम्स (लिलिबिली)

३) उत्कृष्ट सहअभिनेता
केदार घिमिरे (छक्का पन्जा २)
बुद्धि तामाङ (नेप्टे)
सलोन बस्नेत (ए मेरो हजुर २)
अनुप विक्रम शाही (कृ)
प्रशान्त ताम्राकार (ऐश्वर्य)

४) उत्कृष्ट सह अभिनेत्री
बर्षा राउत (छक्का पन्जा २)
प्रियंका कार्की् (लिलिबिली)
केकी अधिकारी (ऐश्वर्य)
अनु शाह (कान्छी)

अशिष्मा नकर्मी (संरक्षण)

५) उत्कृष्ट अभिनेता
अनमोल के.सी (कृ)
प्रदिप खड्का (लिलिबिली)
पल शाह (म एस्तो गीत गाउँछु)
पुष्पल खड्का (मङ्गलम)
दयाहाङ राई (घामपानी)

६) उत्कृष्ट अभिनेत्री
साम्राज्ञी राज्य लक्ष्मी शाह (ए मेरो हजुर २)
पुजा शर्मा (म एस्तो गीत गाउँछु)
श्वेता खड्का (कान्छी)
शिल्पा पोखरेल (मङ्गलम)
निता ढुङ्गाना (पंचायत)

गीततर्फ

पपतर्फ

१) उत्कृष्ट गायक
सुगम पोखरेल
कमल खत्री
अनिल सिहं
काली प्रसाद बास्कोटा
हिमाल सागर

२) उत्कृष्ट गायिका
इन्दिरा जोशी
अमृता लिम्बु
मिलन अमात्य
एन्जिला रेग्मी
रबिना थापा

आधुनिक तर्फ

१) उत्कृष्ट गायक
प्रमोद खरेल
शिव परियार
राम कृष्ण ढकाल
हेमन्त शर्मा
राजेश पायल राई

२) उत्कृष्ट गायिका
अन्जु पन्त
मेलिना राई
रिता के.सी
टिका प्रसाई
सिर्जना खत्री

लोकतर्फ

१) उत्कृष्ट गायक
नविन पौडेल
रमेश राज भट्टराई
खुमन अधिकारी
रामजी खाँड
प्रकाश कटुवाल

२) उत्कृष्ट गायिका
ज्योति मगर
रमिला न्यौपाने
सम्झना मगर
मुना थापा
देवी घर्ती मगर

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell