PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बिना अपरेसन ‘प्लास्टर’ बाट उपचार 



पहिलोपोस्ट

बिना अपरेसन ‘प्लास्टर’ बाट उपचार 

काठमाडौं : दुर्गमका जनताको स्वास्थ्य उपचारमा सहजता ल्याउने उद्देश्यले अर्थोपेडिक चिकित्सकहरुले बिना अपरेसन उपचार गर्ने भएका छन्। 

दुर्घटना वा कुनै कारणबस अंगभङ्ग भएका बिरामीहरुको बिना अपरेसन ‘प्लास्टर’ का माध्यमबाट उपचार गर्ने भएका हुन्। 

अर्थोपेडिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय छाता संगठन एलाइन्स फाउण्डेसनले नेपालका चिकित्सकहरुलाई विशेष तालिम दिएको छ यसका लागि। स्वदेश तथा विदेशका बरिष्ठ अर्थोपेडिक चिकित्सकहरुले शल्यचिकित्सा बारे तालिम दिएका हुन्।
बरिष्ठ अर्थोपेडिक डा. रमेश सिंहले दुर्गमका नागरिकले सामान्य उपचार समेत पाउन नसकेको अवस्थामा यस तालिमले महत्वपूर्ण भूमिका खेलेको बताए। विशेष गरी दुर्गममा गएर सेवा दिएका शल्य चिकित्सकहरुलाई तालिममा सहभागी गराइएको थियो। ३२ जना चिकित्सक सहभागी तालिममा तत्काल रोकथाम गर्ने प्रविधि र त्यस पछिको प्रक्रियाका बारेमा जानकारी गराइएको सिंहले बताए। 
‘दुर्गममा तत्काल अपरेसन गर्न सक्ने अवस्था रहँदैन,' उनले भने, 'त्यसका लागि महत्वपूर्ण उपचार भनेको प्लास्टर हो। त्यसैले प्रार्थमिक उपचारका दृष्टिले पनि यो उपाय अपनाएका हौं। देशका अधिकांश ठाउँमा तत्काल उपचार सम्भाव छैन। घाइतेहरुलाई तत्काल प्राथमिक उपचार आवश्यक पर्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell