PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

निक पुगे प्रियंकाको परिवार भेट्न मुम्बइ



पहिलोपोस्ट

निक पुगे प्रियंकाको परिवार भेट्न मुम्बइ

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको प्रेम चर्चा चलेको धेरै भैइसक्यो। उनी दुइले आफ्नो प्रेमलाई मिडियामा खोलेका छैनन्। हलिउड टिभी सो क्वान्टिकोकी कलाकार चोपडाले निकसँग प्रेम नरहेको बताउँदै आएकी छिन्।

निक र प्रियंका पहिलोपटक मेट गालाको रेड कार्पेटमासँगै देखिएका थिए। भारतीय मिडियाका अनुसार हालै उनी दुइ पारिवारिक जमघटमा देखिए। प्रियंकाको परिवार भेट्न निक मुम्बइ पुगेका थिए। पारिवारिक जमघटमा प्रियंकाका भाई सिध्दार्थ र परिणिती चापडा पनि सहभागी थिए।

सामाजिक सञ्जालतर्फ उनी दुइको प्रेम लुक्न सकेको छैन। निक अधिकांस प्रियांकाका इन्स्टाग्रामका तस्विरमा कमेन्ट गरिरहेका हुन्छन्। प्रियंका पनि रियाक्ट गर्ने गर्छिन्। अहिले निक आफ्नो देश फर्किसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell