PahiloPost

May 15, 2026 | १ जेठ २०८३

गृह मन्त्रालयमाथिको छलफलमा गृहमन्त्री नै अनुपस्थित, कांग्रेसद्वारा संसद अवरुद्ध



पहिलोपोस्ट

गृह मन्त्रालयमाथिको छलफलमा गृहमन्त्री नै अनुपस्थित, कांग्रेसद्वारा संसद अवरुद्ध
फाइल फोटो

काठमाडौंः विनियोजित बजेटमाथिको छलफलमा गृहमन्त्री नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ।

गृह मन्त्रालयको शीर्षकमा छुट्याइएको बजेटमाथि आज पनि प्रतिनिधि सभामा छलफल जारी रहेको छ। उक्त छलफलका क्रममा गृहमन्त्री नै अनुपस्थित भएपछि कांग्रेसका सांसदहरुले नियमापत्ती जनाएका थिए।

त्यसपछि कांग्रेसका सांसदहरुले उठेर पाँच मिनेटसम्म संसद अवरुद्ध गरेका थिए।

अवरोधका कारण सभामुख कृष्णबहादुर महाराले १० मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell