PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

सुरक्षा निकाय सुधार नभएसम्म समृद्धि आउँदैन : नवराज सिलवाल



पहिलोपोस्ट

सुरक्षा निकाय सुधार नभएसम्म समृद्धि आउँदैन : नवराज सिलवाल

काठमाडौं : प्रतिनिधि सभामा विनियोजित बजेटमाथि छलफल जारी रहेको छ। सोही क्रममा गृहमन्त्रालयको शीर्षकमा छुट्टयाइएको बजेटमाथि बोल्दै सांसद नवराल सिलवालले सुरक्षा निकायमा सुधार नभएसम्म देश सम्बृद्ध हुन नसक्ने बताए।

सुरक्षा निकायमा लगानी गर्न आवश्यक रहेको बताउँदै सुरक्षा निकायमा लगानी नभएसम्म विकास निर्माणको काम हुन नसक्ने उनको तर्क थियो। 

‘सुरक्षा क्षेत्र यस्तो हो जसमा सुधार नगरिकन विदेशी लगानी आउन सक्दैन। त्यसकारण सुरक्षा सुधारलाई महत्वपूर्ण र संवेदनतापूर्वक अगाडि बढाउनुपर्छ,’ सिलवालले भने।

अदालतले तोकेका सजाय उठाउन बाँकी रहेकोतर्फ ध्यानाकर्षण गराए।
युवामा देखिएको ड्रग्स समस्या र काठमाडौंको ट्राफिक समस्याबारे पनि सिलवाल बोले।
अध्यागमनमा समस्या रहेको भन्दै विकास गर्न त्यसतर्फ पनि बजेट दिनुपर्ने तर्क गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell