PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्लेअर्स टु वाच : सुआरेज, ज्युबा, अलसाहलवी, सालाह, कोस्टा, रोनाल्डो, जिएच, अजमन



पहिलोपोस्ट

प्लेअर्स टु वाच : सुआरेज, ज्युबा, अलसाहलवी, सालाह, कोस्टा, रोनाल्डो, जिएच, अजमन

रसिया विश्वकप २०१८ अन्तर्गत आज समूह चरणका ४ खेल हुँदैछन्। समूह ए को दुई खेल राती ७:४५ तथा समूह बी को दुई खेलमा राती ११:४५ बजे हनेछ।

समूह 'ए' मा रहेका उरुग्वे र रसिया तथा साउदी अरेबिया र इजिप्ट समट्ठह चरणको अन्तिम खेल खेल्दैछन्। यस्तै समूह 'बी' अन्तर्गत स्पेन र मोरोक्को र इरान र पोर्चुगल अन्तिम १६ मा पुग्ने लक्ष्यका साथ भिड्नेछन्।

आजका चार खेलहका प्रभाव पार्न सक्ने खेलाडीहरु

 

लुइस सुआरेज (उरुग्वे)

लुइस सुआजले समूहको दोस्रो खेलमा उरुग्वेका लागि सयौं खेल खेल्दै साउदी अरेबियाविरुद्ध निर्णायक गोल गरी उरुग्वेलार्इ विश्वकपको दोस्रो चरणमा पुर्‍याएका थिए। यसैसँग उनले १०० खेलमा  ५२ गोल पुरा गरेका छन्। उरुग्वेको मुख्य गोलकर्ता रहेका ३१ वर्षीय सुआरेजले ९ विश्वकप खेलमा ७ गोल गरिसकेका छन्।

विश्वकै उत्कृष्ट फुटबलरहरुमध्ये एक सुआरेज बार्सिलोनाबाट स्ट्राइकरका रुपमा खेल्छन्। बार्सिलोना, लिभरपुल लगायतका क्ल्बबाट खेल्दै उनले ३७२ गोल गरिसकेका छन्। बार्सिलोनाका लागी मात्रै ला-लिगाको २०१७-१८ सिजनमा उनले ३१ गोल गरेका थिए।

घरेलु टोली रसियाले विश्वकपको पहिलो खेलमा साउदी अरेबियालार्इ ५-० र बलियो मानिएको इजिप्टलार्इ ३-१ ले पराजित गरेको थियो। उच्च मनोबलका साथ रसियलो टोली मैदानमा आउँदा सुआरेजलार्इ आफ्नो टोलीलार्इ समूह विजेता बनाउनु लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

 

अरटेम ज्युबा (रसिया)

२९ वर्षीय अरटेम ज्युबाले विश्वकपको दोस्रो खेलमा इजिप्टमाथि निर्णायक गोल गरी रसियन फुटबल टोलीलार्इ राउण्ड अफ १६ मा पुर्‍याएका थिए। साथै उनले पहिलो खेलमा साउदी अरेबियाविरुद्ध पनि ७१औँ मिनेटमा गोल गरेका थिए। रसियाका लागी २५ खेलमा १३ गोल गरिसकेका छन्। हाल ज्युबा व्यवसायिक फुटबल जेनिथ सेन्ट पिटर्सबर्गबाट खेल्छन्। विभिन्न क्ल्बबाट फुटबल खेलेर उनले ११७ गोल गरेका छन्।

समूह कै उत्कृष्ट मानिएको उरुग्वेसँग घरेलु टोलीका अरटेम ज्युबाले गोल गरेको खण्डमा रसियाका लागी लगातार विश्वकपमा ३ गोल गर्ने खेलाडीको सूचीमा उनी पर्नेछन्।

 

मोहम्मद अलसाहलवी (साउदी अरेबिया)

विश्वकपबाट बाहिरिसकेको साउदी अरेबिया आज इजिप्टसँग भिड्दैछ। रसियामा जारी विश्वकपमा एक गोल गर्न नसकेको साउदीका ३१ वर्षीय मुख्य गोलकर्ता मोहम्मद अलसाहलवीमाथि आज इजिप्टसँगको खेलमा प्रतिस्थाका लागी भएपनि जित्नैपर्ने चुनौती रहेको छ।

साउदीबाट २००६ देखि युवा टोलीमा खेल्दै आएका उनले ४१ खेलमा २८ गोल गरेका छन्। यस्तै अलसाहलवीले २०१० मा स्पेन विरुद्ध एक गोल गरेका थिए। हाल अल-नस्स्र क्लबबाट स्ट्राइकरका रुपमा फुटबल खेल्दै रहेका अलसाहलवीले उक्त क्लबका लागी ११९ गोल गरिसकेका छन्।

 

मोहम्मद सालाह (इजिप्ट)

उरुग्वेसँगको पहिलो खेलमा पराजित हुँदा सालाह चोटका कारण मैदान बाहिर थिए। रसियासँगको विश्वकपमा पहिलो खेल खेल्दै सालाहले ७३ मिनेटमा पाएको पेनाल्टीलार्इ गोलमा परिणत गरेका थिए। योसँगै २५ वर्षीय सालाहले इजिप्टबाट ५७ खेलमा ३६ गोल गरेका छन्।

लिभरपुलबाट व्यावसायीक फुटबल खेल्ने सालाह इजिप्ट फुटबल टोलीका सर्वाधिक गोलकर्ता समेत हुन्। चेल्सी, रोमा, लिभरपुल लगायतका क्लबबाट खेलेर सालाहले १२१ गोल गरेका छन्। प्रिमियर लिग सिजन २०१७-१८ का ३८ खेलमा उनले ३२ गोलगरी सर्वाधिक गोलकर्ता बनेका थिए। कुनै अफ्रिकी खेलाडीले प्रिमियर लिग सिजनमा सर्वाधिक गर्ने किर्तिमान पनि उनकै नाममा रहेको छ।

दुबै खेलमा पराजित भइ विश्वकपबाट बाहिरी सकेको इजिप्टलार्इ साउदी माथि विजयी बनाउन सालाह माथि दबाब रहनेछ।

 

 

डिएगो कोस्टा (स्पेन)

रसिया विश्वकपमा पोर्चुगलसँगको खेलमा उनले दुर्इ गोल गरी स्पेनिस टोलीलार्इ पराजयबाट बचाएका थिए। यस्तै इरानविरुद्धको खेलमा पनि कोस्टाले ५४औँ मिनेटमा गरेको गोल जितका लागि निर्णायक बनेको थियो। आजको खेलमा मोरोक्कोलाई जितेको खण्डमा स्पेनला अन्तिम १६ मा पुग्नेछ। स्पेनिस फुटबल टिमका स्टार खेलाडीमध्ये एक  डियगो कोस्टा माथि मोरोक्कोसँगको खेलमा धेरैले जितको अपेक्षा राखेका छन्।

२९ वर्षीय कोस्टाले स्पेनका लागी २१ खेलमा ९ गोल गरेका छन्। एट्लेटिको मड्रिडबाट स्ट्राइकरका रुपमा उनले प्रभावशाली खेल प्रदर्शन गरेका छन्। चेल्सी, एट्लेटिको मड्रिड लगायतका क्लबबाट खेली उनले १७१ गोल गरेका छन्।

 

हाकिम जिएच (मोरोक्को)

मोरोक्कोका लागी २० खेलमा १० गोल गरेका हाकिम जिएच हाल अजाक्सबाट एट्याकिङ् मिडफिल्डरका रुपमा खेल्दै आएका छन्। विभिन्न क्लबमा रही उनले ६६ गोल गरिसकेका छन्। हाकिमलाई फुटबल टेक्निक र फ्रिकिक प्रहार गर्न सक्ने क्षमताबाट उनलार्इ धेरैले चिन्ने गर्छन्।

२०१६ मा मोरोक्कोका बेस्ट फुटबलरबाट सम्मानित भएमा हाकिमलार्इ २०१८ को डच वर्ष फुटबलरका रुपमा गोल्डेन बुट दिइएको थियो। विश्वकपबाट बाहिरिसकेको मोरोक्कोका हाकिमले आज स्पेन विरुद्ध राम्रो प्रदर्शन गरेर टोलीलार्इ सान्तवना जित दिलाउन कडा परिश्रम गर्नुपर्नेछ।

 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

रसियामा पोर्चुगललार्इ पहिलो पटक विश्वकप उपाधी जिताउने लक्ष्यमा रहेका छन् क्रिस्टियानो रोनाल्डो। रोनाल्डोको कप्तानीमा पोर्चुगलले २०१६ मा युरोकप जितेको थियो। २०१७ मा पोर्चुगिज वर्ष खेलाडीबाट सम्मानित क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोलका कारण रसिया विश्वकपमा पोर्चुगलले राम्रो प्रदर्शन गर्दै आएको छ। स्पेनसँग समूह चरणको पहिलो खेलमा ह्याट्रिक गरेर क्रिस्टियानो रोनाल्डोले दोस्रो खेलमा मोरोक्कोविरुद्ध निर्णायक गोल गरी पोर्चुगललार्इ विजयी बनाएका थिए।

इरानसँग बराबरी मात्र खेलेपछि पोर्चुगल दोस्रो चरणमा पुग्नेछ। आज हारेको खण्डमा भने पोर्चुगल विश्वकपबाट बाट बाहिरिनेछ। पोर्चुगललाई अन्तिम १६ मा पुर्‍याउन रोनाल्डोकै भूमिका महत्वपूर्ण हुनेछ। त्यसैले रोनाल्डोमाथि पोर्चुगललार्इ विजयी बनाउनुपर्ने चुनौती रहनेछ।

पोर्चुगल फुटबल टोलीका स्टार खेलाडी र प्रमुख गोलकर्ता रोनाल्डोले पोर्चुगलका लागी १५२ खेलबाट रोनाल्डोले ८५ गोल गरिसकेका छन्। ३३ वर्षLय रोनाल्डो रियल म्याड्रिडबाट फरवार्डको भूमिकामा खेल्छन्। रियल मड्रिड, म्यानचेस्टर युनाइटेड लगायतका क्लबबाट खेलेर उनले ५७३ गोल गरिसकेका छन्।

 

सरदार अजमोन (इरान)

इरानले आज पोर्चुगलको सामना गर्दैछ। विश्वकपको दोस्रो चरणमा पुग्न इरानले जसरी भएपनि पोर्चुगललार्इ पराजित गर्नुपर्ने हुन्छ। त्यसैले पनि इरानी मेसीका रुपमा समेत प्रख्यात २३ वर्षीय युवा फुटबल रसरदार अजमोन माथि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। उनलार्इ युवा ज्लाटन इब्राहिमोभिकका रुपमा समेत हेर्ने गरिएको छ। हालसम्म उनले इरानका लागी ३४ खेलमा २३ गोल गरेका छन्। उनी इरानका पाचौं उच्च गोलकर्ता हुन। रुबिन कजानबाट स्ट्राइकरका रुपमा खेल्ने अजमोनले हालसम्म विभिन्न क्लबमा आबद्ध भर्इ अजमोनले ३७ गोल गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell