PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जब फुटबल मैदानमा कंगारु दौडियो ...



पहिलोपोस्ट

जब फुटबल मैदानमा कंगारु दौडियो ...

अहिले रसियामा विश्वकप फुटबल चलिरहेको छ जसले सारा विश्वको ध्यान तानेको छ। विश्वकपमा अष्ट्रेलिया पनि एसियाको प्रतिनिधित्व गर्दै रसियामा खेलिरहेको छ।

उता अष्ट्रेलियाको एक लोकल फुटबल म्‍याचमा भने कंगारु नै फुटबल मैदानमा प्रवेश गरेपछि सामाजिक सञ्जालमा चर्चित बनेको छ।

अष्ट्रेलियामा कंगारु धेरै पाइन्छ र अष्ट्रेलियन क्रिकेट टिमलाई कंगारु टिम समेत भनिन्छ। 

शनिवार बेल्कोनेन युनाइटेड र क्यानबेरा टिमबीच खेल चलिरहेका समयमा खैरो रङको ठूलो कंगारु मैदानभित्र छिर्‍यो जसले गर्दा खेल नै आधा घण्टा रोकिएको थियो।

उक्त खेल बेल्कोनेन युनाइटटेड २-० ले जित्यो। अफिसियलहरुले कंगारुलाई मैदानबाट हटाउने प्रयास गरेपनि कंगारुले बल हान्दै मैदानमा बसिरहेको थियो।

कमेन्टेटर रुस गिब्सले १५ वर्षे फुटबल कमेन्ट्रीमा पहिलो पटक यस्तो अबरोध देखिएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell