PahiloPost

May 15, 2026 | १ जेठ २०८३

आज प्रधानमन्त्रीको सम्बोधन स्थगित, चीन भ्रमणबारे भोलि जानकारी दिने



पहिलोपोस्ट

आज प्रधानमन्त्रीको सम्बोधन स्थगित, चीन भ्रमणबारे भोलि जानकारी दिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिने चीन भ्रमणको उपलब्धी बारे संसदलाई जानकारी गराउने पूर्वनिर्धारित भए पनि आज सम्बोधन नगर्ने भएका छन्। 

आज दिउँसो दुई बजे प्रतिनिधिसभाको बैठकमा भ्रमणको उपलब्धी बारे जानकारी गराउने संघीय संसद सचिवालयले जनाएको थियो।
 
‘केही थप तयारी गर्नुपर्ने भएकाले सम्माननीय प्रमले आज संसदलाई सम्बोधन नगर्नुहुने भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले ट्विट गर्दै जानकारी दिएका छन्।
 
प्रधानमन्त्रीको सम्बोधन भोलि हुने अर्यालले जनाए। उनले ट्विटमा थप लेखेका छन्, ‘चीन भ्रमणका सम्बन्धमा जानकारी गराउन उहाँले संसदलाई सम्बोधन गर्ने कार्यक्रम भोलिका लागि यथावत छ।'

प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथि छलफल जारी रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell