PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

तुम्हारी सुलु उत्कृष्ट फिल्म, आइफामा अरु कसकसले जिते अवार्ड?



पहिलोपोस्ट

तुम्हारी सुलु उत्कृष्ट फिल्म, आइफामा अरु कसकसले जिते अवार्ड?

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा)ले यस वर्ष ‘तुम्हारी सुलु’लाई उत्कृष्ट फिल्म घोषित गरेको छ। 

गएराति भएको आइफा अवार्ड घोषणा अनुसार इरफान खान उत्कृष्ट पुरुष अभिनेता भएका छन्। फिल्म हिन्दी मिडियमका लागि उनलाई पुरस्कृत गरिएको हो।

उत्कृष्ट अभिनेत्री श्रीदेवीलाई घोषित भइन्। फिल्म ‘मम’का लागि श्रीदेवीलाई मृत्युपर्यान्त उत्कृष्ट अभिनेत्रीको उपाधी दिइएको हो।

सपोर्टिङ भूमिकामा उत्कृष्ट अभिनेता भए नवाजुद्धिन सिद्धकी। फिल्म ‘मम’बाट नै उनले यो उपाधी पाएका हुन्। सपोर्टिङ रोलमा उत्कृष्ट अभिनेत्री भने सेक्रेट सुपरस्टारबाट मिहर भिज भइन्।

जब ह्यारी मेट सेजल फिल्मबाट अरजीत सिंह उत्कृष्ट प्लेब्याक सिंगर (पुरुष) र सेक्रेट सुपरस्टारबाट मेघना मिश्रा बेस्ट प्लेब्याक (महिला) भइन्।

फिल्म बादशाहोका लागि लेखेको गीतबाट उत्कृष्ट सर्जक भए मनोज मुन्तासिर। उत्कृष्ट संगीत निर्देशकको उपाधी बद्रीनाथकी दुल्हनियाबाट अमाल मलिक, तानिस्क बागची र अखिल सचदेवले हात पारे। 

उत्कृष्ट डेब्यु निर्देशक भइन् कोनकोना सिह शर्मा। फिल्म ए डेथ टू गुञ्जका लागि उनलाई यो अवार्ड दिइएको हो। आउटस्ट्यान्डिङ अचिभमेन्टबाट अनुपम खेर, स्टाइल आइकन अफ दी एयरबाट कृति सानोन र नेक्स्ट आइफा गिभ अवे विनरबाट अर्जुन कपुर सम्मानित भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell