PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको बजेटमाथि भोलि छलफल



पहिलोपोस्ट

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको बजेटमाथि भोलि छलफल

काठमाडौं : विनियोजन विधेयक २०७५ को प्रधानमन्त्री कार्यालय बाहेकका मन्त्रालयगत छलफल सम्पन्न भएको छ। 

सोमबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका शीर्षकको बजेटमाथिको छलफलसँगै मन्त्रालयसँग सम्बन्धित छलफल सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथिको छलफल भोलिबाट सुरु हुने भएको छ। राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपति कार्यालय सम्बन्धी विनियोजन विधेयकमाथिको छलफल मंगलबार हुने सभामुख कृष्णबहादुर महराले जनाएका छन्।
प्रतिनिधि सभाको अर्को बैठक भोलि ११ बजे बस्नेछ।

भोलिकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा जानकारी दिने तयारीसमेत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell