PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

झ्याइकुटीकी ‘काइली’ भन्छिन् : बाजी लगाउँदा खुब मज्जा आउँछ 



पी बी खड्का

झ्याइकुटीकी ‘काइली’ भन्छिन् : बाजी लगाउँदा खुब मज्जा आउँछ 

सुर्खेत : ‘म आफैँ पनि खेलाडी भएकाले खेल असाध्यै मनपर्छ। विश्वकपका प्राय खेल नछुटाई हेर्छु, त्यो पनि साथिलाई सँगै राखेर बाजी लगाउँदा खुब मज्जा लाग्छ।’ 

कला र खेल क्षेत्रलाई अगांलेकी नन्दा बस्यालले विगतका विश्वकप फुटबल स्मरण गर्दै सुनाइन्। यस अघिको विश्वकप खेलमा साथीसँग बाजी लगाएर जितेको क्षण उनलाई याद आयो।  

‘एक पटक त अझै आफ्नै कोठामा नियमित काम छोडेर परिकार बनाउँदै हेरियो,’ नन्दाले भनिन्। 

अधिकांश समय कलाकारितामा दिए पनि तेक्वान्दो खेलकी फाइभ डान हुन् नन्दा। खेलाडी भएकाले विश्वकपका अबेर रातसम्मका खेल साथीभाइसँग बसेर मज्जा लिन्छिन्। 

चर्चित हास्यटेलिश्रृङ्खला झ्याइकुटीमा ‘काइली’ को भूमिकामा अभिनय गर्ने नन्दाको रोजाइको टिम भने अर्जेन्टिना हो। 

‘खेल त सबैको राम्रो हुन्छ, तै पनि मलाई अर्जेन्टिनानै मन पर्छ,’ उनले भनिन्, ‘खेलाडीमध्ये मलाई मेस्सी मन पर्छ।’

अर्जेन्टिनाले समूह चरणको खेलमा हार बेहोरे पनि फ्यान सधैँका लागि रहने उनले बताइन्।  

खेल जगतलाई माथि उठाउन र स्तरीय खेलाडी उत्पादन गर्न उनीहरुको शारीरिक बनाउट, क्षमता, रुची अनुसारको खेलमा सहभागी गराउनुपर्ने उनी बताउँछिन्। 

इच्छा शक्ति र क्षमता अनुसारको खेलमा खेलाडीलाई सहभागी गराए सफलता हात पर्ने उनको  दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell