PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार



पहिलोपोस्ट

टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

इस्तानबुल  : टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन्। 

थप पाँच वर्षका लागि उनी फेरि शक्तिमा आएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ।   

उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी भएको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन्। 

सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको हो। राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ।
 
न्याय तथा विकास पार्टी (एकेपी)को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरे। “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उनले भने।

सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ। जबकि उनका निकटम प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ।   

विपक्षीद्वारा हार स्वीकार

नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन्। 

प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउँदै भने, “एड्रोगानलाई बधाई छ, तपाईँ हामी सबैको राष्ट्रपति बन्नुहोला।” 

रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरे। 

विश्वभरबाट बधाई 

एड्रोगान विजयी भएकोप्रति विभिन्न देशका नेताहरूले बधाई दिदै सफलताको कामना गरेका छन्।
 
पाँच वर्षका लागि फेरि निर्वाचित भएकोमा रुस, इरान, सर्विया, बोस्निया, बोल्गरियालगायतका देशहरुले खुशी व्यक्त गरेका छन्। रासस/एएफपी  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell