PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

एक लाख रुपैयाँको मदनभण्डारी पुरस्कार हरिप्रसाद शर्मालाई



रासस

काठमाडौँ : ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ। 

मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने सो पुरस्कारको राशी रु एक लाख रहेको छ।

मदन भण्डारी फाउण्डेशनले प्रदान गर्ने उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलामा प्राचीन यथार्थको उत्खनन गरेबापत प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिइन्। 

लिच्छविकालदेखि वर्तमानसम्मका काठमाडौँ उपत्यकामा प्राचीन सामाजिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने कुरा चित्रकलाका माध्यमबाट प्रकाशन गरी उल्लेखनीय योगदान गरेबापत शर्मालाई पुरस्कार दिन लागिएको अध्यक्ष भण्डारी बताइन्। 

यसअघि उक्त पुरस्कारले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा भगवान कोइरालालाई प्रदान गरिसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell