PahiloPost

Jun 15, 2026 | १ असार २०८३

४५ वर्षीय एल हाडारीको कीर्तिमान, विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडी



पहिलोपोस्ट

४५ वर्षीय एल हाडारीको कीर्तिमान, विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडी

इजिप्टका गोलकिपर एसाम एल हाडारीले फिफा विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडीको कीर्तिमान बनाएको छ। २१औँ संस्करणको रसिया विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध पहिलो रोजाईमा खेल्दै उनले उक्त कीर्तिमान आफ्नो नाममा लेखाए।

अघिल्ला दुई खेलमा बेन्चमै बसेका हाडारीले इजिप्ट लगातार दुई खेल हार्दै विश्वकपबाट बाहिरिएपछि तेस्रो खेलमा मौका पाएका हुन्।

उनले ४५ वर्ष १६१ दिन हुँदा विश्वकप खेल्दै चार वर्षअघि कोलम्बियाका गोलकिपर फार्यद मोन्ड्रागनले ४३ वर्ष ३ दिनका दिन खेल्दै बनाको कीर्तिमा भंग गरे।

रसियामा भइरहेको विश्वकपमा प्रशिक्षण सम्हालिरहेका ३ जना प्रशिक्षक भन्दा हाडारी पाका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell