PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले गर्‍यो सहयोगको घोषणा



राधेश्याम पटेल

मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले गर्‍यो सहयोगको घोषणा

वीरगंज :  प्रदेश नं. २ को सरकारले मधेश आन्दोलनका घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

आज बसेको मन्त्री परिषदको बैठकले मधेश आन्दोलनका क्रममा घाइते भएकालाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले जानकारी गराए।

बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न विद्याधर मल्लिकको अध्यक्षतामा प्रशासनिक संरचना सुधार सुझाव समिति गठन गरेको छ।

त्यस्तै बैठकले मुख्य न्यायधिवक्ताको कार्यालयबाटबाट प्राप्त कानूनी सहायता अधिकृतको नियुक्ति तथा सेवा सर्त सम्बन्धि निर्देशिका २०७५ लाईसमेत स्वीकृति प्रदान गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell