PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

आयोजक रसियालाई हराउँदै उरुग्वे समूह ए को विजेता

आयोजक रसियालाई हराउँदै उरुग्वे समूह ए को विजेता

पहिलोपोस्ट /पहिलोपोस्ट


गोलकिपर फर्नान्डो मुस्लेराले लगातार तेस्रो खेलमा क्लिनसिट राख्दा उरुग्वे आयोजक रसियालाई पराजित गर्दै समूह ए को विजेता बनेको छ।

रसियामा भइरहेको विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा उरुग्वेले १० खेलाडीमा झरेको रसियालाई ३-० ले हरायो। उरुग्वेका लागि लुइस सुआरेजले १०औँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। २३औँ मिनेटमा रसियाका डेनिस चेरिसोभले आतमघाती गोल गरेपछि उरुग्वेले २-० को अग्रता बनायो।

त्यसपछि आयोजकका लागि खेल झन् सुखद हुन सकेन। ३६औँ मिनेटमा इगोर स्मोलनिकोभ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रसिया १० खेलाडीमा झर्‍यो। त्यसपछि रसियाले एक खेलाडी कम रहेर खेल्नुपर्‍यो। त्यसको फाइदा उठाउँदै उरुग्वेका लागि एडिनसन कभानीले ८८औँ मिनेटमा गोल गरे।

समूह चरणका लगातार तेस्रो खेल जित्दै ५ गोल गरेको उरुग्वेले कुनै गोल बेहोरेन। अब उरुग्वेले समूह बी को उपविजेतासँग खेल्नेछ। यस्तै पहिलो खेलमा साउदी अरेबियालाई ५ तथा दोस्रो खेलमा इपिप्टलाई ३ गोल ठोकेको रसियाले उरुग्वेविरुद्ध गोल गर्न सकेन।

समूह ए को उपविजेता बनेको रसियाले अब समूह बी को उपविजेतासँग खेल्नेछ।

समूह बी अन्तर्गत आजै स्पेन र मवरोक्को तथा इरान र पोर्चुगलबीच खेल हुनेछ। मोरोक्को यसअघि नै दुई खेल हार्दै बाहिरिसकेको छ भने बाँकी तीन टिम अन्तिम १६ मा पुग्ने होडमा छन्। दुवै खेल ११:४५ बजे हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell