PahiloPost

May 15, 2026 | १ जेठ २०८३

इन्जुरी टाइममा अल दवसारीले निर्णायक गोल गर्दै साउदीलाई जिताए, कीर्तिमानी हाडारीले पेनाल्टी रोके पनि इजिप्टको हार टार्न सकेनन्

इन्जुरी टाइममा अल दवसारीले निर्णायक गोल गर्दै साउदीलाई जिताए, कीर्तिमानी हाडारीले पेनाल्टी रोके पनि इजिप्टको हार टार्न सकेनन्

पहिलोपोस्ट /पहिलोपोस्ट


सलेम अल दवसरीले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि रसिया विश्वकपमा साउदी अरेबियाले इजिप्टलाई २-१ ले पराजित गर्दै सुखद अन्त्य गरेको छ।

निर्धारित पहिलो हाफमै दुई पेनाल्टी अवसर प्राप्त गरेपनि ९० मिनेटसम्म दुवै टोलीले एक एक गोल गरेका थिए। तर इन्जुरी टाइममा अल दवसारीले गोल गरेपछि साउदीले अन्तिम खेलमा ३ अंक जोडेको हो। यसअघि नै समूहका २ खेल हार्दै विश्वकपबाट बाहिरिसकेको दुवै टोलीका लागि अन्तिम खेल प्रतिष्ठाको विषय थियो।

मोहम्मद सालाहले गोल गर्दै इजिप्टलाई पहिले अग्रता दिलाएका थिए।

सबैभन्दा पाको उमेरमा विश्वकप खेल्ने कीर्तिमान बनाएका गोलकिपर एसाम एल हाडारीले ४१औँ मिनेटमा साउदीका खेलाडीको पेनाल्टी रोकेका थिए। तर पहिलो हाफको इन्जुरी समयमा सलमान अल फरजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेका थिए। 

विश्वकपमा साउदीले जित हात पारेको २४ वर्षपछि पहिलो पटक हो। सन् १९९४ मा साउदीले बेल्जियमला२ हरायतया जित हात पार्न सकेको थिंएन।

समूहको दुई खेलमा बेन्चमा बसेका हाडारीले तेस्रो खेलमा पहिलो रोजाईँमा खेल्दै कीर्तिमान बनाएका हुन्। साउदीसँग खेल्दा उनको उमेर ४५ वर्ष १६१ दिन थियो। उनले चारवर्षअघि कोलम्बियाका फार्यद मोन्ड्रागनले बनाएको ४३ वर्ष ३ दिनको कीर्तिमा तोडेका हुन्।  



ट्रेन्डिङ पोस्ट

Ncell