PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रधानमन्त्रीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै, चीन भ्रमणबारे जानकारी दिने



पहिलोपोस्ट

प्रधानमन्त्रीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै, चीन भ्रमणबारे जानकारी दिने

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे आज प्रतिनिधिसभा बैठकलाई जानकारी दिने भएका छन्। सम्बोधनका लागि प्रधानमन्त्री ओलीले समय लिइसकेका छन्। मंगलबार बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले सम्बोधन गर्नेछन्।

यसअघि सोमबार दिउँसो नै सदनमा सम्बोधन गर्ने तयारी गरिए पनि अन्तिम समयमा स्थगित भएको थियो।

राष्ट्रको नेतृत्व गरेर कुनै पनि औपचारिक विदेश भ्रमणमा जाँदा र फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास छ। यसअघि चीन भ्रमणमा जानुअघि पनि प्रधानमन्त्रीले सम्बोधन गरेका थिए।

प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए। भ्रमणका दौरान सरकारी र गैरसरकारी स्तरमा द्धिपक्षीय सम्झौताहरू भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell