PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

प्रधानमन्त्रीलाई प्रतिपक्षीको प्रश्न : चीन भ्रमणमा लिपुलेकको कुरा किन उठाइएन?



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई प्रतिपक्षीको प्रश्न : चीन भ्रमणमा लिपुलेकको कुरा किन उठाइएन?

काठमाडौं: आफ्नो चीन भ्रमणबारे संसदमा जानकारी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षीले लिपुलेकको विषयमा चासो व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारे जानकारी गराएपछि प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले लिपुलेकको विषय भ्रमणका क्रममा किन नउडाइएको भन्दै प्रश्न गरेका थिए।

उक्त विषयमा उत्तर दिदै प्रधानमन्त्री ओलीले अध्ययन गरेर कुरा उठाउने बताए। उनले भने,‘हाम्रो सीमा सुरक्षित हुनु पर्छ। कुनै पनि बहानामा हाम्रो सिमानाको लेनदेन हुँदैन। हाम्रो देश हाम्रो छिमेकीभन्दा सानो छ। सानो देशले छोडी छोडी सम्झौता गर्नु हुँदैन। हामी कुनै पनि हिसावले आफ्नो सिमानाको रक्षा गर्छनौं।’

सबै कुरा एकै पटक उठाउनु र टुँगो नलगाउनु उपयुक्त नहुने बताए।

भ्रमणका क्रममा सरकारी तवरमा १३ वटा र निजी तबरमा ९ वटा गरी २२ वटा सहमतिहरु भएको ओलीले जानकारी दिए। 

‘प्रोटेकलको विषय सन् २०१६ को मार्चमा प्रधानमन्त्री भएर जाँदा जे सहमति भएको थियो। ट्रन्जिट टान्सपोर्ट पोइन्टको पत्रलाई अगाडि बढायौं। आउँदो जुलाईमा प्रोटोकल तयार पनि हुन्छ सम्झौता पनि हुन्छ,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell