१९ औं इन्टरनेसनल फिल्म एकेडेमी (आइफा) अवार्डको आयोजना थाइल्यान्डको बैंककमा भयो। बलिउडका चर्चित कलाकारहरुबीच भएको अवार्ड समारोहमा केही यस्ता दृश्य देखिए जसले सबैलाई बिचलित बनाउँछ।
मृत्युपछि श्रीदेवीलाई वेस्ट एक्ट्रेस (फिमेल) अवार्ड दिइयो फिल्म ममका लागि। अवार्ड बुझ्न पुगेका थिए निर्माता बोनी कपुर, अनिल कपुर र अर्जुन कपुर।
पत्नी श्रीदेवीको अवार्ड बोनी कपुरले रिसिभ गरे। गत फेब्रुअरीमा दुवईमा श्रीदेवीको मृत्यु भएको हो। उनकै अवार्ड लिन स्टेजमा पुग्दा बोनी थामिन सकेनन्। उनको आँखाबाट आँशु झरिरह्यो। ‘मैले हरेक क्षणमा उनको अभाव महसुस गरिरहेको छु,’ बोनीले आँशु पुछ्नुअघि भने।
उनको छेवैमा थिए छोरा अर्जुन कपुर। केही क्षणमा त्यहाँ अनिल कपुर पनि पुगे। बोनीको खुट्टा छोए र अंकमाल गरे। यतिखेर हल पूरै भावुक बन्यो।
