भारतीय क्रिकेट नियन्त्रण वोर्ड (बिसिसिआर्इ) ले आफ्नो यू-१९ एसियाकपलाई मध्यनजर गर्दै अन्डर १९ टोलीको अभ्यासका लागी चार टोली रहने प्रतिस्पर्धा आयोजना गर्ने भएको छ।
बोर्डले नेपाल यू-१९ र अफ्गानिस्तान यू-१९ लार्इ उक्त प्रतिस्पर्धा खेल्नका लागी निम्तो दिएको छ। यू-१९ एसिया कपको तयारीका रुपमा सो प्रतिस्पर्धा गर्न लागिएको हो। उक्त खेलहरु कोलकतामा हुन जनाइएको छ। भारतको यू-१९ टोलीको प्रशिक्षकमा राहुल ड्रविड रहेका छन्।
भारतको ए र बी सहित अस्ट्रेलिया र दक्षिण अफ्रिकाको ए टोली सम्मिलित प्रतियोगिता गर्ने निर्णय पनि गरिएको छ। केही अतिरिक्त खेलाडी सहित चार टोलीबीच जुलार्इको अन्त्यमा खेल हुनेछ।
राहुल ड्रविडको प्रयासमा भारतका ए टोली र अन्डर १९ टोलीका लागी धेरै अभ्यास खेल खेलाउन यो सिरिज आयोजना हुन लागेको हो।
