PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा विस्तार प्रयास सुरु



रासस

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा विस्तार प्रयास सुरु
फोटो :AFP

सोल : उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा छलफल सुरु भएको छ। दुई कोरियालाई रेल सेवाले जोड्ने र आधुनिक सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाका रेल सेवाका अधिकारीहरु बैठकमा बस्दैछन्।
 
दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा तीन-तीन जनाको टिम पानुमजोममा रहेको ‘पिस हाउस’ मा भएको वार्तामा सहभागी भएका छन्। 

उक्त बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा जोड्ने विषयमा कुराकानी भएको बताइएको छ। दुर्इ देशलार्इ रेलले जोड्ने प्रयासका बारेमा यी देशबीच पहिलो पटक वार्ता भएको हो। यस्तै, बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ। 

तर, दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियासँगको रेल सेवा जोड्ने विषयमा कुराकानी मात्र भएको तर अहिले नै सेवा सञ्चालन भइहाल्ने अवस्था भने नरहेको बताएका छन्। उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियाले आर्थिक, यातायात लगायतका धेरै क्षेत्रमा नाकाबन्दी कायमै राखेका छन्। ती नाकाबन्दीहरु नहटाएसम्म उत्तर कोरियासँग आर्थिक, व्यापारिक र पारवहनसम्बन्धी कुनै पनि विषयहरुमा सहकार्य र सम्झौता हुनेछैन। 

दशकौंदेखिको एकअर्कालार्इ शत्रु मान्दै आएको अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिंगापु्मा ऐतिहासिक शिखर वार्ता भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको वार्ता पछि नाकाबन्दीहरु हट्नेमा उत्तर कोरिया आशावादी रहेको बताइन्छ।  -रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell