PahiloPost

May 15, 2026 | १ जेठ २०८३

मार्जिन कलको घन्टी बज्दा शेयर बजार त्रसित, १२०० भन्दा तल झर्‍यो सूचक



पहिलोपोस्ट

मार्जिन कलको घन्टी बज्दा शेयर बजार त्रसित, १२०० भन्दा तल झर्‍यो सूचक

काठमाडौं : शेयर बजार १२ सय अंकबाट तल झरेको छ। गत चैतमा शेयर बजार १२ सयबाट तल झरेपछि पुनः उकालो लागेको थियो। नयाँ वर्षको दोस्रो साताबाट झर्न थालेको बजार मंगलबार फेरि १२ सय अंक तल आएको हो।
 
मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार अन्तिम ३० मिनेटमा मात्रै थप ६ अंकले ओरालो झर्दा नेप्से सूचक ११९४.८० बिन्दुमा रोकिएको छ। मंगलबार एकै दिन १५ अंकले बजार ओर्लिएको हो। 
 
बजार घट्न थालेपछि शेयर धितो कर्जा लिएका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्न थालेपछि सुचक थप झर्न थालेको हो। 'यसै पनि घटिरहेको बजारमा मार्जिन कलको आतङ्कले लगानीकर्तालाई थप अत्याएको छ,' एक लगानीकर्ताले भने। 
 
शेयर बजारमा २२ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकम सोमबारको तुलनामा केही बढेको हो। बजारका सबै उपसूचक घटेका छन्। 

सबैभन्दा धेरै होटलको उपसूचक २.८६ प्रतिशले घटेको छ। सबैभन्दा धेरै कारोबार भएको नबिल बैंकको संस्थापक शेयर एक करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। १५८ वटा कम्पनीको कारोबार हुँदा जम्मा ९ वटा कम्पनीका शेयरधनीले मात्रै कमाएका छन्। 
 
मंगलबार सबैभन्दा धेरै आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले ४.७९ प्रतिशतले कमाएका छन् भने सप्तकोशील डेभलपमेन्ट बैंकका शेयरधनीले ७ प्रतिशतले गुमाउँदा बजार मूल्य ११५ रुपैयाँमा झरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell