काठमाडौं : असार २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'बाबु कान्छा'को ट्रेलर सार्वजनिक भएको छ। सोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा सोभित कै छोरा सलोन बस्नेतको मुख्य भुमिका छ।
फिल्ममा सलोनसँगै करिष्मा श्रेष्ठ,नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल लगायतको अभिनय छ।
शोभितको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्मातामा रबि अधिकारी हुन्। फिल्ममा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन तथा टंक बुढाथोकी संगीत रहेको छ।