PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मौलिक हकसम्बन्धी कानुन असार मसान्तभित्र संसदमा : कानुन मन्त्री तामाङ



पहिलोपोस्ट

मौलिक हकसम्बन्धी कानुन असार मसान्तभित्र संसदमा : कानुन मन्त्री तामाङ

काठमाडौं : आश्विन २ गतेभित्र बनाइसक्नु पर्ने मौलिक हक सम्बन्धी कानुन अहिलेसम्म संघीय संसदमा पेस हुन सकेको छैन। वैशाख महिनाभित्रै संसदमा पेश गरिसक्ने बताउँदै आएका कानुनमन्त्री शेरबहादुर तामाङले अब मौलिक हक सम्बन्धी कानुन असार मसान्तभित्र संसदमा पेश गर्ने बताएका छन्।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि उठेको प्रश्नको जावफ दिँदै मन्त्री तामाङले भने, ‘हामीले ११० वटा कानुन बनाउनुपर्ने मध्ये ७३ बनेको छ र ३७ वटा बनाउनु पर्नेछ। केही कानुनहरु भदौ १ गते लागू हुने देवानी फौजदारी संहिताले सम्बोधन गरेको छ। बाँकी कानुन मन्त्रालयहरुसँग छ। यो असार मसान्तभित्र सम्मनित सदनमा पेस गरिनेछ।’

मौलिक हक सम्बन्धी केही कानुनहरु सम्बन्धीत मन्त्रालयहरुमा पठाइएको बताउँदै असार मसान्तसम्म संसदमा पेश हुने बताए।

संघीय संसद सुरु भएको दिनदेखि एक वर्षभित्र संविधानसँग बाझिएका कानुहरु संशोधन गरिक्नुपर्नेछ। त्यसको संशोधनका लागि पनि काम अगाडि बढिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell