PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

स्वरुपाको 'नहुने'मा रंजीत गजमेरको संगीत



पहिलोपोस्ट

 स्वरुपाको 'नहुने'मा रंजीत गजमेरको संगीत

काठमाडौं : गायिका स्वरुपा आशा नयाँ गीत लिएर स्रोता माझ आएकी छिन्। हालै 'नहुने' बोलको गीतको भिडियो उनले यूट्युबमा सार्वजनिक गरेकी छिन्। 

कुशुम गजमेरको शब्द रहेको गीतमा रंजीत गजमेरको संगीत रहेको छ। भिडियोमा गायिका स्वरुपा आफै फिचर्ड छिन्। गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र बिदुर पाण्डेको छायाँकन रहेको छ। प्रशन्नले भिडियो निर्देशन गरेका हुन्। 

रंजीत बलिउडमा नाम कमाएका संगीतकार हुन्। रेडियो नेपालमा स्टूडियोका संगीतकार समेत रहेका उनले नै बलिउड गायिका आशा भोस्लेलाई नेपाली फिल्मको गीत गाउन नेपाल ल्याएका थिए। उनले सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो लगायतका नेपाली फिल्मका गीतमा संगीत भरेका थिए।





 












 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell