PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

यी आठ खेलाडी जसमाथि आज हुनेछ सबको नजर, के यिनीहरुको जादु चल्ला?



पहिलोपोस्ट

यी आठ खेलाडी जसमाथि आज हुनेछ सबको नजर, के यिनीहरुको जादु चल्ला?

विश्वकपमा आज सूमह सी र डी मा रहेका टोलीबिच समूह चरणको अन्तिम खेल हुदैछ। समूह सी अन्तर्गत  पेरु र अष्ट्रेलिया  तथा फ्रान्स र डेनमार्क राति ७:४५  भिड्दैछन्। यस्तै समूह डी अन्तर्गत राति अर्जेन्टिना र नाइजेरिया तथा क्रोएसिया र आइसल्याण्ड राति ११:४५ बजे भिड्नेछन्।

अर्जेन्टिना, नाइजेरिया, डेनमार्क लगायतका देशका लागी अन्तिम १६ मा प्रवेश पाउन आजको खेल जित्नै पर्ने हुन्छ।

 

एन्टोनी ग्रिजम्यान, फ्रान्स

२७ वर्षीय फरवार्ड एन्टोनी ग्रिजम्यान फ्रान्सका स्टार खेलाडी हुन्। अस्ट्रेलियासँगको पहिलो खेलमा ग्रिजम्यानले एक गोल गरेरे फ्रान्सलार्इ अग्रता दिलाएका थिए। उनले फ्रान्सका लागी ५६ खेलमा २१ गोल गरेका छन्। एट्लेटिको मड्रिडबाट व्यवसाहिक फुटबल खेल्दै आएका ग्रिजम्यान डेभिड बेकह्यामलाई आफ्नो प्रेरणा मान्छन्।

जीक्यु म्यागेजिनले २०१६ को वर्ष पुरुष घोषणा गरेका ग्रिजम्यानलार्इ फ्रान्सलार्इ समूह विजेता बनाउनु पर्ने चुनौती रहनेछ। अन्तिम १६ मा स्थान बनाइ सकेको फ्रान्सका सामु दोस्रो चरणमा प्रवेश पाउन डेनमार्क कडा टक्कर दिने सम्भावना छ। 

 

क्रिस्टियन एरिक्सेन, डेनमार्क

क्रिस्टियन एरिक्सेन प्रिमियर लिग क्ल्ब टोटनह्याम ह्टस्परका एट्याकिङ् मिड्फिल्डर हुन्। डेनिस फुटबलर क्रिस्टियन एरिक्सेनले अस्ट्रेलिया विरुद्धको पहिलो खेलमा गोल गरेका थिए। २६ वर्षिय एरिक्सेन ले डेनमार्कका लागी ८० खेलमा २३ गोल गरेका छन्। डेनमार्कमा उनलार्इ डेनमार्कका प्रख्यात खेलाडी माइकल लाउडरुप जस्ता प्रभावशाली खेलाडीसँग तुलना गर्ने गरिन्छ।

अन्तिम १६ मा पुग्नका लागी डेनमार्कले आज फ्रान्सलार्इ पराजित गर्नैपर्ने हुन्छ। यदी डेनमार्क पराजित भएमा उसको विश्वकप यात्रा अस्ट्रेलिया र पेरु बिचको नतिजामा निर्भर हुनेछ। त्यसैले पनि  क्रिस्टियन एरिक्सेन लगायत डेनिस टोली दबाबबिच फ्रान्ससँगको प्रतिस्पर्धामा मैदानमा उत्रनेछ।

 

मिल जेडिनक, अस्ट्रेलिया

अस्ट्रेलियाले अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नै पर्ने हुन्छ। विजयी भएता पनि फ्रान्स र डेनमार्कबिचको खेलले पनि एसियाली टोली अस्ट्रेलियाको विश्वकपमा अगामी यात्रा तय हुनेछ।

समूह चरणबाट बाहिरी सकेको पेरुसँगको खेलमा अस्ट्रेलियाका कप्तान ३३ वर्षिय मिल जेडिनक माथि धेरैको आशा रहनेछ। फ्रान्ससँगको पहिलो भिडन्तमा जेडिनकले ६२ मिनेटमा गोलगरी खेललार्इ बराबरीमा पुर्‍याएका थिए तर सो खेलमा अस्ट्रेलिया २-१ ले पराजित हुन पुग्यो। यसैगरी डेनमार्कसँगको दोस्रो खेलमा जिडेनकले ३८ मिनेटमा गोल गरी आफ्नो टोलीलार्इ पराजयबाट बचाएमा थिए। उक्त खेल १-१ को बराबरीमा सकिएको थियो। यसैसँग उनले अस्ट्रेलियाली टोलीबाट ७८ खेल खेल्दै २० गोल गरिसकेका छन्। एस्टन भिल्लाबाट व्यवसाहिक फुटबल खेल्दै आएका मिल जेडिनक माथि टोलीलार्इ विजयी बनाउनु पर्ने दबाब रहनेछ।

 

पाउलो गुएरेरो, पेरु

विश्वकपबाट बाहिरी सकेको पेरु आज सान्त्वना जितको खोजीमा हुनेछ। रसियामा कुनै खेल नजितेको पेरुले अस्ट्रेलियाको अन्तिम १६ मा पुग्ने आशा टोड्न सक्छ। आफ्नो टोलीलार्इ विश्वकपबाट सुखद विदाइ दिलाउन आज कप्तान पाउलो गुएरेरोको लक्ष्य रहनेछ।

गुएरेरो पेरु फुटबल टोली र ब्राजिलियन क्ल्ब फ्लामेन्गोका स्टार स्ट्राइकर हुन्। पेरुबाट ९० खेल खेलेका गुरेरोले ३५ गोल गरेका छन्।कोकिनको प्रयोगबाट डोपिङमा पोजिटिभ देखिएपछि १२ महिनाका लागी प्रतिबन्ध लगाएको थियो। मे महिनासम्म उनले विश्वकप खेल्ने टुंगो लागेको थिएन। पछि उनको प्रतिबन्ध फुकुवा गरेको थियो।२०१५ मा भएको कोपा अमेरिकामा उनी उच्च गोलकर्ता बनेका थिए।

 

लियोनल मेसी, अर्जेन्टिना

३१औं जन्मदिन मनाइरँदा अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्यास नलिने बताएका थिए। आज लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनी टोलीले अन्तिम १६ मा प्रवेश पाउन नाइजेरियाको सामाना गर्दैछ। नाइजेरियासँग पराजित भएमा अर्जेन्टिनाको विश्वकप यात्रा यही समाप्त हुनेछ। त्यसैले पनि लियोनल मेसीमाथि आज नाइजेरियालार्इ पराजित गरी राउण्ड अफ १६ मा आफ्नो टोलीलार्इ पुर्‍याउनु पर्ने दबाब रहेको छ।

फुटबल सुपरस्टार मेसीले अर्जेन्टिनाका लागी १२५ खेल्दै ६४ गोल गरिसकेका छन्। बार्सिलोनाबाट व्यवसाहिक फुटबल खेल्दै आएका मेसीले उक्त क्ल्बको विभिन्न उमेर समूहबाट खेल्दै ५६३ गोल गरेका छन्।

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले रसिया विश्वकपको पहिलो खेलमा आइसल्यान्डविरुद्ध ६४ औँ मिनेटमा पाएको पेनाल्टी मिस गर्दा अर्जेन्टिना समूह डीको पहिलो खेलमा जितबाट वञ्चित भएको थियो। पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्यान्डले अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा रोक्न सफल भएको थियो। यस्तै क्रोएसियासँग ३-० ले पराजित भएपछि त मेसी सामु थप चुनौति खडा भएको छ।

 

अहमद मुसा, नाइजेरिया

आइसल्यान्ड विरुद्धको खेलमा मुसाले दुर्इ गोलगरी नाइजेरियाका लागी अन्तिम १६ मा पुग्ने सम्भावना जिवित बनाएका थिए। अर्जेन्टिना र नाइजेरिया दुवैलार्इ खेल जित्ने पर्ने दबाब रहँदा नाइजेरियाली समर्थकको नजर भने २५ वर्षिय अहमद मुसा माथि रहनेछ। नाइजेरियाली फुटबल टोलीमा रही उनले ७४ खेलमा १५ गोल गरेका छन्।

लेस्टर सिटीबाट व्यवसाहिक फुटबल खेल्ने मुसाले आफ्नो टोलीलार्इ विजयी बनाउन आज विश्वकै उत्कृष्ट फुटबलर मेसीको सामना गर्नुपर्ने हुन्छ।

 

लुका मोडरिक, क्रोएसिया

लुका मोडरिक क्रोएसियाली फुटबल टोलीका कप्तान हुन्। रसिया विश्वकपमा नाइजेरिया विरुद्धको आफ्नो पहिलो खेलमा लुका मोडरिकले ७१ मिनेटमा गोलगरी क्रोएसियालार्इ २-० ले विजयी बनाएका थिए। यस्तै अर्जेन्टिनासँगको खेलमा पनि उनले ८० मिनेट मा गोल गरी आफ्नो टोलीलार्इ राउण्ड अफ १६ मा पुर्‍याएका थिए। उनले क्रोएसियाका लागी १०८ खेलमा  १३ गोल गरेका छन्।

३२ वर्षिय मिडफिल्डर हाल रियल मड्रिडबाट व्यवसाहिक फुटबल खेल्दै आएका छन्। विभिन्न क्ल्बबाट फुटबल खेल्दै ७४ गोल गरिसकेका लुका मोडरिकलार्इ विश्वकै उत्कृष्ट मिडफिल्डरका रुपमा लिने गरिन्छ।

 

गिल्फी सिगर्डसन, आइसल्यान्ड

गुल्फी सिगर्डसन आइसल्यान्डका स्टार खेलाडी हुन्। एभर्टनबाट व्यवसाहिक फुटबल खेल्ने  सिगर्डसन प्रतियोगितामा पहिलो विजय पाउने लक्ष्यका साथ सुखद विदाइको आशमा मैदानमा उत्रनेछन्। आइसल्यान्डका लागी उनले ५९ खेलमा १९ गोल गरेका छन्। 

पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्यान्ड प्रतिस्पर्धाबाट बाहिरी सकेको छ।   अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा रोक्न सफल भएको आइसल्यान्डले आज अन्तिम १६ मा प्रवेश गरिसकेको क्रोएसियाको सामना गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell