PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

नारायणगढ–मुग्लिन सडक खुल्न ठ्याक्कै लाग्यो ११ घन्टा



रासस

नारायणगढ–मुग्लिन सडक खुल्न ठ्याक्कै लाग्यो ११ घन्टा
फाइल फोटो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ।

बिहान ५:२० बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। पहिरो पन्छाएर दिउँसो ३:५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। 

ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो। पहिरो पन्छाउन बिहान ८:३० बजेबाट दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरिएको थियो। मुग्लिनबाट ३.४ किलोमिटर नारायणगढतर्फ नाम्ची खोला पर्दछ।

सो ठाउँमा गतवर्ष तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा संसदीय टोलीले निरीक्षण गरेकै दिन पनि पहिरो खसेको थियो। त्यसपश्चात् पुनःआज बिहान पहिरो खसेको हो। 

दुई दिनदेखि सो सडकखण्डका ठाउँठाउँमा सानातिना पहिरो खस्दा सडक अवरुद्ध हुने र खुल्ने हुँदै आएको थियो। बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुले हैरानी व्यहोरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell