PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

भोलि १२ मन्त्रीले संसदमा जवाफ दिने



पहिलोपोस्ट

भोलि १२ मन्त्रीले संसदमा जवाफ दिने

काठमाडौं : विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकको बजेटमाथि उठेको प्रश्नको मन्त्रीहरुले जवाव दिने क्रम जारी रहेको छ।

मंगलबार विभिन्न मन्त्रीहरुले जावफ दिएका छन् भने बुधबार १२ जना मन्त्रीले जवाफ दिने कार्यसूची तयार पारिएको छ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्था, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरुले जवाव दिए। यसैगरी युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीको पनि जवाफ दिए।

बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीले जवाव दिनेछन्।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयका मन्त्रीहरुले जवाव दिने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाको अर्को बैठक बुधबार ११ बजे बस्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell