PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

रसिया विश्वकपमा पहिलो गोललेस ड्र, फ्रान्स समूह विजेता डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा

रसिया विश्वकपमा पहिलो गोललेस ड्र, फ्रान्स समूह विजेता डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा

पहिलोपोस्ट /पहिलोपोस्ट


रसिया विश्वकपमा फ्रान्स र डेनमार्कले पहिलो गोलरहित बराबरी खेलेका छन्। समूह सी अन्तर्गत अन्तिम खेलमा दुवै टोली गोल गर्न असफल भएपछि दुवैले गोरहित बराबरी खेल्दै अंक बाँडे।

बराबरीपछि फ्रान्स अपराजित रहदै ७ अङ्कसहित समूहविजेता बन्यो। यस्तै अपराजित रहदै ५ अंक जोडेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। फ्रान्सले अब समूह्य डी को उपविजेता तथा डेनमार्कले समूह सी को वजेतासँग प्रिक्वाटरफाइनल खेल खेल्नेछ।

फ्रान्सले यसअघि अष्ट्रेलिया र पेरुलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो। त्यसैले प्रशिक्षक डिडिएर डेसच्याम्पले पहिलो रोजाईँमा ६ खेलाडी परिवर्तन गरेका थिए। त्यसका बावजुतपनि डेनमार्कले गोल गर्न भने सकेन। नियमित कप्तान गोलकिपर ह्युगो लोरिस लगायत खेलाडीलाई रेस्ट दिएपछि प्रान्सको कप्तानी डिफेण्डर राफेल भरानले सम्हालका थिए।

फ्रान्स र डेनमार्कबीको खेलको नतिजापछि समूह सी मा रहेका अष्ट्रेलिया र पेरु भने समूह चरणबाटै बाहिरिएको छ। सुरुवाती दुई खेलमा पराजित भएको पेरुले अन्तिम खेलमा अष्ट्रेलियालाई २-० ले पराजित गर्दै विश्वकपमा सुदख अन्त्य गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell