रसिया विश्वकपमा फ्रान्स र डेनमार्कले पहिलो गोलरहित बराबरी खेलेका छन्। समूह सी अन्तर्गत अन्तिम खेलमा दुवै टोली गोल गर्न असफल भएपछि दुवैले गोरहित बराबरी खेल्दै अंक बाँडे।
बराबरीपछि फ्रान्स अपराजित रहदै ७ अङ्कसहित समूहविजेता बन्यो। यस्तै अपराजित रहदै ५ अंक जोडेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। फ्रान्सले अब समूह्य डी को उपविजेता तथा डेनमार्कले समूह सी को वजेतासँग प्रिक्वाटरफाइनल खेल खेल्नेछ।
फ्रान्सले यसअघि अष्ट्रेलिया र पेरुलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो। त्यसैले प्रशिक्षक डिडिएर डेसच्याम्पले पहिलो रोजाईँमा ६ खेलाडी परिवर्तन गरेका थिए। त्यसका बावजुतपनि डेनमार्कले गोल गर्न भने सकेन। नियमित कप्तान गोलकिपर ह्युगो लोरिस लगायत खेलाडीलाई रेस्ट दिएपछि प्रान्सको कप्तानी डिफेण्डर राफेल भरानले सम्हालका थिए।
फ्रान्स र डेनमार्कबीको खेलको नतिजापछि समूह सी मा रहेका अष्ट्रेलिया र पेरु भने समूह चरणबाटै बाहिरिएको छ। सुरुवाती दुई खेलमा पराजित भएको पेरुले अन्तिम खेलमा अष्ट्रेलियालाई २-० ले पराजित गर्दै विश्वकपमा सुदख अन्त्य गरेको छ।