PahiloPost

May 15, 2026 | १ जेठ २०८३

पेरुद्वारा अष्ट्रेलिया २-० ले पराजित, दुवै टिम विश्वकपबाट बाहिरिए

पेरुद्वारा अष्ट्रेलिया २-० ले पराजित, दुवै टिम विश्वकपबाट बाहिरिए

पहिलोपोस्ट /पहिलोपोस्ट


पेरुले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियालाई २-० ले पराजित गर्दै रसिया विश्वकपमा सुखद अन्त्य गरेको छ। यसअघि नै समूह सी मा लगातार दुई खेल हार्दै बाहिरिसकेको पेरुले अन्तिम खेलमा जित हासिल गरेको हो।

पेरुका लागि १८औँ मिनेटमा आन्द्रे कारिलल्ला र ५०औँ मिनेटमा कप्तान पाउलो गुएरेरोले गोल गरे। यसअघि पेरु डेनमार्क र फ्रान्ससँग पराजित भएको थियो। उता अष्ट्रेलियाको लागि अन्तिम १६ मा पुग्न पेरुलाई हराउनैपर्ने र डेनमार्क पनि फ्रान्ससँग हार्नुपर्ने थियो तर दुवै नतिजा उसको पक्षमा आएन।

दक्षिण अमेरिकी टोली पेरुले ४० वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो। सन् १९७८ मा इरानलाई पराजित गरेयता पेरुले कुनै खेल जित्न सकेको थिएन।

अर्को खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेलेपछि पेरु र अष्ट्रेलिया समूह चरणबाटै बाहिरिसकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell