काठमाडौं : आयरल्याण्डका अलराउण्डर केभिन ओ ब्रायनले नेपालमा हुने एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० खेल्ने भएका छन्।
२०११ को वान डे वर्ल्डकपमा इंग्ल्याण्डविरुद्ध ५० बलमै शतक प्रहार गर्दै वर्ल्डकपको फासटेस्ट सेन्चुरी बनाउने कीर्तिमान बनाएका आइरिस खेलाडीलाई काठमाडौँ किंग्स ११ ले इपीएलमा खेलाउने भएको हो।
काठमाडौं किंग्स ११ ले मंगलवार विज्ञप्ती जारी गर्दै केभिन टिमको लागि पहिलो बिदेशी खेलाडी भएको घोषणा गरेको हो।
केभिनले काठमाडौंसँग अनुबन्भ भएपछि एकदमै खुशी भएको र नेपालको क्रिकेटसमर्थक माझ खेल्न आतुर रहेको ट्वीट गरेका छन्।
Delighted to sign up for @kathmandukings for this year @eplt20official. Can’t wait to get over to Nepal and experience the passion for cricket from supporters and players! #cricnepal #wicketnepal #nepalcricketfans #kathmandukingsxi #kathmandu #kkxi #epl #nepal #nepalicricketfans
— Kevin O'Brien (@KevinOBrien113) June 26, 2018
गत मार्चमा जिम्वावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएटभित्र पर्दै पहिलो पटक वान डे इन्टरनेशनलको मान्यता पाएपछि केभिन ओ ब्रायनले कीर्तिपुरमा नेपाली दर्शकको अगाडी खेल्ने चाहना भएको ट्वीट गरेका थिए। अब उनको त्यो चाहना पुरा हुने भएको छ।
Congrats or @NepalCricket for gaining #odi status! Looking forward to our first tour to experience crowds like this! #NepalCricket #WCQ pic.twitter.com/wsuiAHtmNA
— Kevin O'Brien (@KevinOBrien113) March 15, 2018
गत मे मा आयरल्याण्डले खेलेको पहिलो टेष्ट क्रिकेटमै पाकिस्तान विरुद्ध केभिनले खेलेका थिए। उक्त खेलमा उनले ११८ रन बनाउँदै आयरल्याण्डका लागि टेष्टमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए।
दायाँ हात मिडल अर्डर ब्याट्सम्यान रहेका केभिन दायँ हात मिडियस फास्ट बलर हुन्। उनले बयरल्याण्डका लागि १ टेष्ट, १२५ वानडे इन्टरनेशनल र ६३ टी-२० इन्टरनेशनल म्याच खेलेका छन्। जसमा उनले ४ हजार भन्दा बढी रन बनाइसकेका छन्। वान डे मा उनले दुई शतक प्रहार गरेका छन्।
गत सिजन काठमाडौंले श्रीलंकन पूर्व टेष्ट प्लेअर फरभेन महारुफलाई खेलाएको थियो। उनले कप्तानी समेत सम्हालेका थिए।