PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

मेसी र रोहोको गोलमा अर्जेन्टिना अन्तिम १६ मा, प्रिक्वाटरफाइनलमा फ्रान्ससँग खेल्ने

मेसी र रोहोको गोलमा अर्जेन्टिना अन्तिम १६ मा, प्रिक्वाटरफाइनलमा फ्रान्ससँग खेल्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


८६औँ मिनेटमा मार्कोस रोहोले निर्णायक गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई समूहको अन्तिम खेलमा २-१ ले पारजित गर्दै रसिया विश्वकपको अन्तिम १६ मा पुगेको छ।

दोस्रो चरण पुग्न जित्नैपर्ने खेलमा अर्जेन्टिनाका लागि मेसी र रोहोले गोल गरे। नाइजेरियाका लागि भिक्टोर मोसेसले पेनाल्टीमा एक गोल गरे।

सेन्ट पिटर्सवर्गमा लियोनल मेसीले खेलको १४औँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्नेटिनाले उक्त अग्रतालाई कायम राख्यो। दोस्रो हाफमा नाइजेरियाले गोल पर्कायो। अन्तिम १६ पुग्न नाइजेरियालाई बराबरी नै पर्याप्त थियो। तर अन्तिम समयमा रोहोले गोलगरेपछि अर्जेन्टिना समह चरण पार गर्न सफल भयो।

समूह डी बाट क्रोएसिया ७ अंक जोड्दै समूह विजेता बन्दै ४ अंक जोडेको अर्जेन्टिना समूह उपविजेता बन्यो। अर्जेन्टिनाले अब प्रिक्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ। फ्रान्स समह्यू सी को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell