PahiloPost

Jun 15, 2026 | १ असार २०८३

आइसल्याण्डलाई २-१ ले हराउँदै क्रोएसिया समूह डी को विजेता

आइसल्याण्डलाई २-१ ले हराउँदै क्रोएसिया समूह डी को विजेता

पहिलोपोस्ट /पहिलोपोस्ट


रसिया विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई २-१ ले पराजित गर्दै क्रोएसिया समूह डी को विजेता बनेको छ।

यसअघि नै समूह चरणको दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको क्रोएसियालाई समूह विजेता बन्न अन्तिम खेलमा बराबरी नै पर्याप्त थियो।

क्रोएसियाले अब प्रिक्वाटरफाइनलमा समूह सी को उपविजेता डेनमार्कसँग खेल्नेछ।

तर ज्लाट्को डालिचले अर्जेन्टिनासँग खेलको टोलीमा ९ परिवर्तन गर्दै आइसल्याण्ड विरुद्ध खेलाएका थिए।

तैपनी मिलान बाडेजले ५३औँ मिनेटमा गरेको गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। ७६औँ मिनेटमा आइसल्याण्डले पेनाल्टी पायो र गिल्फी सिगुरसनले त्यसलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेका थिए। तर ९०औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई जिताए।

क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २-० तथा दोस्रो खेलमा अर्जेन्टिनालाई ३-० ले पराजित गरेको थियो।

जितपछि ३ खेलबाट क्रोएसियाले ९ अंक बनायो भने एक बराबरी र दुई हारको नतिजा निकालेको डेब्युटान्ट आइसल्याण्ड १ अंक जोड्दै समूह चरणबाट बाहिरियो।



ट्रेन्डिङ पोस्ट

Ncell