PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने



पहिलोपोस्ट

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

काठमाडौँः विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज १२ विभागीय मन्त्रीले जवाफ दिनेछन्। बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। 

मंगलबारबाट जवाफ दिने क्रम सुरु भएको हो। मंगलबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका छन्। 

तीन दिने कार्यतालिका अनुसार आज १२ मन्त्रीले जवाफ दिनेछन्। बिहीबार प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको बजेट शीर्षकमा उठेका प्रश्नमा प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले जवाफ दिनेछन्। 

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास,  वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभागीय मन्त्रीले जवाफ दिनेछन्। 

यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, परराष्ट्र, गृह, स्वास्थ्य तथा जनसंख्या, र रक्षा मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीहरुले जवाफ दिनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell