PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

इयूबाट बाहिरिन बेलायतलाई कानुनी बाटो खुल्यो, 'ब्रेक्जिट' कानुन संसदबाट पारित



पहिलोपोस्ट

इयूबाट बाहिरिन बेलायतलाई कानुनी बाटो खुल्यो, 'ब्रेक्जिट' कानुन संसदबाट पारित
Photo: The Economic Times

लण्डनः यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानुनी बाटो खुला गरिदिएको छ।

मङ्गलबारको संसदले बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट स्वागत गर्दै खुशीयाली मनाएका थिए।

सभामुख जोन बर्कोले भने, जसले बेलायतलाई इयूको सदस्यताका लागि बाटो खोलेको यूरोपेली सदस्य राष्ट्रसम्बन्धी ऐन (१९७२), जसलाई बेलायतको इयूबाट बहिर्गमनका लागि खारेज गर्न प्रस्ताव गरिएको थियो।

विधेयक महारानी एलिजावेथ द्वितीयबाट स्वीकृत भएको छ। अब विधेयकले कानुनी हैसियत प्राप्त गरेको छ।

विधेयकले दशकौँको युरोपेली कानुनलाई बेलायती कानुनी कितावमा रहेको कुनै पनि वैधानिक समस्यालाई रोक्नेछ।

यसले मार्च २९, २०१९ को राति ११ बजे (ब्रसेल्सको मध्यरात) लाई बेलायती कानुनमा ‘ब्रेक्जिट डे'का रूपमा पनि स्थापित गर्नेछ। अर्थात् इयू ऐनको धारा ५० बाट हुने बहिर्गमन प्रक्रियाको पनि अन्त्य गर्नेछ।

सन् २०१७ को जुलाईमा प्रस्तुत विधेयकमाथि बेलायती संसदमा २५० घण्टा लामो बहस चलेको थियो।

युरोपप्रति शङ्का व्यक्त गर्ने बेलायतीहरूले विधेयकले कानुनी स्वरूप पाएसँगै खुशीयाली व्यक्त गरेका छन्। तर इयूबाट बेलायतको बहिर्गमनका लागि ब्रसेल्ससँगको वार्ता भने अझै विविध कारणले अनिश्चित देखिएको छ।

अन्तराष्ट्रिय व्यापारमन्त्री लायम फक्सले विधेयकले कानुनी स्वरूप पाएपछि प्रतिक्रिया दिँदै भने, विधेयकले ब्रेक्जिटका लागि ‘अपरिवर्तनीय’ रूपमा बाटो खुला गरिदिएको छ बेलायतले ‘अब इयु नछोड्ने सम्भावना शुन्य’ रहनेछ।

सत्ताधारी कन्जरभेटिभ पार्टीका इयुविरोधी चर्चित नेता तथा सांसद याकोव री–मगले गत हप्ताको अन्तमा भनेका थिए, “बेलायतको सहज बहिर्गमनका लागि अब वैधानिक अवस्था धेरै बलियो भएको छ।” रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell