PahiloPost

Jun 15, 2026 | १ असार २०८३

भूकम्पले क्षतिग्रस्त गद्दी बैठक पुरानै स्वरुपमा तयार, सरकारलाई हस्तान्तरण गरिँदै



पहिलोपोस्ट

भूकम्पले क्षतिग्रस्त गद्दी बैठक पुरानै स्वरुपमा तयार, सरकारलाई हस्तान्तरण गरिँदै

काठमाडौँः २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको हनुमानढोका दरबार परिसरमा रहेको गद्दी बैठक पुनर्निर्माण सम्पन्न भएको छ।

सांस्कृतिक सम्पदा पुनर्निर्माणको ठूलो परियोजनामध्येको एक गद्दी बैठक आज औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण समेत हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हस्तान्तरण हुन लागेको हो।  

एक सय १० वर्ष पुरानो गद्दी बैठक पुरानै स्वरुपमा तयार पारिएको हो। ‘रेट्रोफिटिङ’ गरेर पुरानै स्वरुपमा बैठक कक्षको आवरण तथा भित्री स्वरुप निर्माण गरिएको छ। 'मियामोटो ग्लोबल डिजास्टर रिलिफ'को प्राविधिक सहयोगमा गद्दी बैठक पुनर्निर्माण भएको हो। पुनर्निर्माणको आर्थिक सहायता भने अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषले गरेको हो।

गद्दी बैठक पुनर्निर्माण सन् २०१७ को अक्टोबरमा सुरु गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell