PahiloPost

May 15, 2026 | १ जेठ २०८३

अनमोल केसी बेनेलीसँगै अब 'क्याप्स' ब्राण्डको एम्बासडर



पहिलोपोस्ट

अनमोल केसी बेनेलीसँगै अब 'क्याप्स' ब्राण्डको एम्बासडर

काठमाडौँः अभिनेता अनमोल केसी 'क्याप्स' ब्राण्डका लागि एम्बासडर बनेका छन्। १ वर्षका लागि उनको तस्विर उक्त ब्राण्ड नेपालमा प्रचारका लागि प्रयोग हुनेछ।

अन्तराष्ट्रिय लुगा ब्राण्डसँग अनमोलले १५ लाखभन्दा बढी पारिश्रमिक लिएको बताइए पनि कम्पनीले यसबारे कुनै पनि जानकारी उपलब्ध गराएको छैन।

'क्याप्टेन' फिल्मको सुटिङमै पुगेर शनिबार मात्रै 'क्याप्स' ब्राण्डको तर्फबाट गौतम वैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। गौतमले पछिल्लो क्रममा अनमोल अग्रपङ्गतिका अभिनेता रहेको भन्दै आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा अनुबन्धन गरिएको बताए।

'आकर्षक लुक्स र सर्वाधिक फ्यान फलोइङ भएकाले उनलाई रोजेका हौं', गौतमले भने। 

अनमोल केसी बेनेली बाइकको लागि पनि पहिलो नेपाल ब्राण्ड एम्बासडर हुन्। बेनेली एम्‍बासडरको रुपमा दुई वर्षका लागि जोडिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell