PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बागमतीको पुलमुनि युवतीको शव फेला



पहिलोपोस्ट

बागमतीको पुलमुनि युवतीको शव फेला
प्रतीकात्मक तस्विर

काठमाडौँः टेकुस्थित बागमतीको पुलमुनि एक युवतीको शव फेला परेको छ। अन्दाजी २५ वर्षीय युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।

कालो पाइन्ट र टिसर्ट लगाएकी युवतीको शव भेटिए पनि सनाखत हुन सकेको छैन। डिएसपी चन्दले भने, 'शव बुधबार फेला परेको हो। घटना कसरी भयो भन्ने अनुसन्धान गर्दैछौँ।'

मृत युवतीको टाउकाको बायाँ भागमा चोट लागेको छ। हातमा पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

'शवको प्रकृति हर्दा खोलाले बगाएर ल्याएको देखिन्छ' डिएसपी चन्दले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell