
रसिया विश्वकप २०१८ मा ७ सय ३६ खेलाडी सहभागी छन्। तीमध्ये ८२ जना आफूले खेलिरहेको देशमा नभर्इ विदेशमा जन्मिएका हुन्। विश्वकपमा सहभागी ३२ टोलीमध्ये २२ टोलीमा कम्तीमा एक जना विदेशमा जन्मिएका खेलाडी छन्।
सबैभन्दा बढी मोरोक्कोको टोलीमा छन्। १७ खेलाडी मोरोक्कोभन्दा बाहिर जन्मिएका छन्।
८२ खेलाडीमध्ये २९ जना फ्रान्स, ७ जना नेडरल्याण्ड्स, ५ जना ब्राजिल, ४-४ जना बोस्निया, क्यामरुन र स्पेनमा जन्मिएका हुन् भने ३ जना स्वीट्जरल्याण्ड र २-२ जना केप भर्डे, जर्मनी, कोसोभो स्वीडेनमा जन्मिएमा हुन्।
विदेशमा जन्मिएका ८२ खेलाडीमध्ये १७ खेलाडी मोरोक्कोबाट खेल्दैछन्। यस्तै ९ जना ट्युनिसिया र सेनेगल, ८ जना स्वीट्जरल्याण्ड, ७ जना पोर्चुगल, ५ जना सर्बिया, ४ जना क्रोएशिया र नाइजेरिया, स्पेनबाट ३ जना र २-२ जना अस्ट्रेलिया, फ्रान्स र आइसल्याण्डबाट खेल्दैछन्।
फिफाको नियममा एक देशको नागरिकले मात्र आफ्नो राष्ट्रिय टोलीबाट खेल्न योग्य हुने व्यवस्था गरेको छ। तर, नागरिकता सम्बन्धी प्रावधानहरु देश अनुसार फरक-फरक हुन्छन्। जन्म, अभिभावकत्व, बसोबासलार्इ विभिन्न देशमा भिन्न किसिमले व्याख्या गरिएको हुन्छ। त्यस कारण धेरै खेलाडीहरु एक भन्दा बढी देशबाट खेल्न पाउँछन्।
बेल्जियममा जन्मेका मिडफिल्डर अदनान जानुजाईले त ७ देशबाट प्रतिनिधित्व गर्न पाउँछन्। कोसोभोमा भएको युद्धपछि अदनानका अभिभावक बेल्जियम पुगेका थिए। उनले आमाको वंशजको नाताले कोसोभो, सर्बिया वा क्रोएसियाबाट पनि खेल्न सक्छन्। यस्तै आफ्ना आमाबुबाको जन्मस्थानका आधारमा अल्बानिया, बुबाका पुर्खाको मातृभूमिका आधारमा टर्की र युवा उमेरबाट फुटबल खेल्न सुरु गरेका इंग्ल्याण्डबाट पनि उनले फुटबल खेलेका छन्।
कोसोभोको फुटबल टोलीलार्इ फिफाले मान्यता दिनु अघि नै उनले २०१४ मा बेल्जियमबाट खेल्ने निर्णय गरे। उक्त निर्णयबाट आक्रोशित भएका समर्थकहरुले उनलार्इ ज्यान मार्ने धम्की समेत दिएका थिए।
बहुसांस्कृतिक फुटबल टोली हुनुले गर्व र विवाद दुवै उत्पन्न गर्ने गरेको छ। १९९८ मा फ्रान्सलार्इ आफ्नो टोलीमा रहेको कालो-गोरो-अरव वर्ण मिश्रित विविधता भएको टोलीमा गर्व थियो। अल्जेरियन मूलका जिनेदिन जिदानको गोलले फ्रान्स १९९८ विश्वकप विजेता बनेको थियो।
तर, त्यही वर्षको सुरुवातमा एक सरकारी सर्वेक्षणमा ३८ प्रतिशत मानिसले आफूहरुले जातीय आधारमा विभेद गर्ने गरेको स्वीकारेका थिए। त्यहाँदेखि टोलीमा केही समस्या आएको छ।
यस्तै २०११ मा फ्रान्सेली फुटबल फेडरेशनका अधिकारीहरु काला र अरेबियन खेलाडीहरुलार्इ टोलीबाट घटाउनुपर्ने विषयमा छलफल गरिरहेको कुरा सार्वजनिक भएको थियो।
केही खेलाडीहरु आफ्ना अभिभावकले कामका लागि देश छोड्दासँगै पलायन भएका थिए।
आफू जन्मिएको देशबाट नखेल्ने धेरै खेलाडीले बाल्यकालमै बसार्इ सरेका थिए। यस विश्वकपमा सहभागी एक मात्र अमेरिकामा जन्मिएका खेलाडी गोटुकु सकाइ आफ्ना जापानिज पितासँगै दुर्इ वर्षको उमेरमा जापान पुगेका थिए।
कोस्टारिकाका रोडनी वाल्लेस ९ वर्षको उमेरमा आफ्नी आमाको जागिरका कारण अमेरिका पुगेका थिए। कोस्टारिकाकै ओस्कर डुअर्टे पि निकारागुआमा जन्मेका हुन्। उनी ५ वर्षको हुँदा आमा कामको खोजीमा कोस्टारिका पुगेकी थिइन्।
केही परिवार युद्धका कारण विस्थापित भएका थिए।
११९० मा युगोस्लाभियामा भएको द्वन्द्व कारण त्यो समयमा जन्मिएका खेलाडीहरु शरणार्थीका रुपमा धेरै राष्ट्रमा पलायन भएका थिए।
अस्ट्रेलियाका मिकोस डिजेनेकको परिवार क्रोएसियाका सर्ब समूदायका हुन्। उनी सानै छँदा सर्बियाको बेलग्रेड पुगेका थिए। पछि ७ वर्षको हुँदा उनी अस्ट्रेलिया पुगे।
मिडफिल्डर ग्रान्ट जाकाका बुबाले कोसोभोको कम्युनिष्ट शासनको विरोध गरेर जेल परेपछि उनको परिवार स्वीट्जरल्यान्ड पुग्यो। जाका स्वीट्जरल्यान्डमै जन्मिए र त्यहीबाट फुटबल खेल्दैछन्।
स्वीट्जरल्यान्डमा जन्मिएका एलेक्सेन्डर प्रिजोभिक र मिलोस भेल्जकोभिक हाल सर्बियन टोलीबाट खेल्छन्। उनीहरुका अभिभावक सर्ब समूदायका थिए।
दुर्इ देशको नागरिकता भएका खेलाडीहरुलार्इ घरेलु टोलीले नबोलाएको खण्डमा उनीहरुसँग ब्याक अप प्लान रहेको छ।
समान घोडोज स्वीडेनमा जन्मेका हुन् र २०१७ मा स्वीडिस टोलीका लागी मैत्रीपूर्ण फुटबल खेलेका थिए। तर जब विश्वकप सुरु हुन लाग्यो स्वीडेनले घोडोजलार्इ टोलीमा राख्न चाहेन। पछि उनी आफ्ना आमाबुबाको जन्मस्थान इरानबाट खेल्ने भए। यो विश्वकपका लागि समान घोडोज पहिलो पटक इरान पुगेका थिए।
इरान र स्वीडेन विश्वकपमा एकअर्का विरुद्ध परेको खण्डमा उनी के गर्छन् भन्ने प्रश्नमा उनले भने, 'म उक्त खेल खेल्न चाहन्छु।’
खेलाडीले चाहेको भरमा वा धेरै पैसाका लागि कोहीले आफ्नो नागरिकता किनबेच गरी टोली परिवर्तन नगरोस् भन्ने चाहन्छ। त्यसैले फिफाले खेलाडीहरुलार्इ खेलको उच्च तहमा पुग्नु अघि एक पटक राष्ट्रिय टोली परिवर्तन गर्न अनुमति दिन्छ।
एक खेलाडीले एउटा राष्ट्रिय टोलीबाट विश्वकप जस्तो प्रतियोगितामा सहभागी जनाएपछि उसले अर्को राष्ट्रबाट खेल्न पाउँदैन। तर अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा त्यो नियम लागू हुँदैन।
ब्राजिलमा जन्मिएका डिएगो कोस्टाले २०१३ मा ब्राजिलका लागी दुर्इ मैत्रीपूर्ण खेल खेलेका थिए। स्पेनसँग केही सम्बन्ध नै नभएका कोस्टा हाल स्पेनबाट विश्वकप खेल्दैछन्। २०१४ को विश्वकपमा ब्राजिलका प्रशिक्षकले उनलार्इ टोलीमा राख्ने संकेटत नदेखाएपछि विश्वकपअघि २०१३ मा उनले राष्ट्रियता बदलेका हुन्।
केही टोलीका सबै खेलाडी सोही देशमा जन्मिएका भएतापनि उनीहरुको अरु देशसँग केही सम्बन्ध रहेको छ।
विश्वकपका १० रोस्टरहरु त्यही देशमा जन्मिएका खेलाडीहरुले भरिएको छ। तर उनीहरुको अरु देशसँग केही सम्बन्ध रहेको छ।
बेल्जियममा जन्मेका डेडरिक बोयाटा, भिसेन्ट कोम्पनी, योउरी टिलेमान्सका परिवार कंगोली मूलका हुन्। यस्तै रोमेलु लुकाकुका बुबाले जायर (हाल कंगो) बाट खेलेका थिए। नासेर चाड्लीको परिवार मोरक्कन मूलका थिए। बेल्जियम टोलीमा छनौट हुनुपूर्व उनले मोरक्कोका लागि मैत्रीपूर्ण फुटबल खेलेका थिए।
जर्मनी टोलीमा रहेका खेलाडीहरुको टर्की, स्पेन र सिएरालियोनसँग नाता रहेको छ। उक्त टोलीमा जेरोम बोएटेङ छन्, जसको सौतेला भाइ केभिन प्रिन्स घानाको लागि खेल्छन्।
दुर्इ भाइहरु २०१४ विश्वकपमा एकअर्का विरुद्ध मैदानमा उत्रिएका थिए। पारिवारिक सद्भावसहित सो खेल २-२ बराबरीका सकिएको थियो।